आज हरितालिका तीज, हिन्दु नारीहरुले हर्षोल्लासका साथ मनाउदै

आज हरितालिका तीज, हिन्दु नारीहरुले हर्षोल्लासका साथ मनाउदै

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौ ३० भदौ ।  

आज हरितालीका तिज । नेपाली हिन्दु नारीहरुले देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बसि हर्षोल्लासका साथ मनाउँदै छन् ।

हिमालयकी छोरी पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ ।

आज महिलाहरू सबेरै स्नान गरी शुद्ध वस्त्र पहिरेर शिव मन्दिरहरुमा गई शिव–पार्वतीको पूर्जाअर्चना गर्ने चलन छ । तीज अवधिभर महिलाहरू सौभाग्यको प्रतिक रातो पहिरनमा सजिन्छन् ।

यस पर्वमा पानीसमेत नखाई विवाहित महिलाहरु शिवको पूजा(आराधना गर्दै आफ्ना पतिको दिर्घायुको कामना गरी ब्रत बस्दछन् भने अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत बस्ने गर्दछन ।

यस दिन जलसमेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी दर खाने प्रचलन छ । तीजको अवसरमा राजधानीको पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयहरुमा दर्शनार्थीहरुको बिहानैबाट घुइचो लागेको छ ।

आजको दिनलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा विशेष शुरक्षा व्यवस्था गरीएको छ । साथै दर्शन कार्यलाई सहज बनाउन विभीन्न लाईनहरु बनाई व्यवस्थीत पारीएको व्यवस्थापन समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ