तीजलाई मध्यनजर गर्दै निषेधाज्ञा खुला

तीजलाई मध्यनजर गर्दै निषेधाज्ञा खुला

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ३० भदौ । 

जिल्ला प्रशासन कार्यालय कैलालीले तीजलाई मध्यनजर गर्दै धनगढी नगर क्षेत्रमा २२ दिनदेखि दिउँसोको समयमा लगाउँदै आएको निषेधाज्ञा आजका लागि खुला गरेको छ ।

नगरक्षेत्रमा कुनै सभा जुलुस प्रदर्शन गर्न नपाउने गरी घोषणा गरिएको निषेधित क्षेत्र भने यथावत् रहेको प्रशासन कार्यालयले जनाएको छ ।

निषेधित क्षेत्र घोषणा गरिएको भए पनि धनगढीमा आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म धार्मिक कार्यक्रम भने गर्न पाइने प्रशासनद्वारा जारी विज्ञप्तिमा जानाइएको छ ।

यसैगरी जिल्लाको पूर्वीक्षेत्रको खैलाड गाविस बाहेकको टीकापुर नगरपालिका र भजनी–त्रिशक्ति नगरपालिका र आसपासका गाविस क्षेत्रमा लगाइएको निषेधाज्ञा बिहान ६ बजेदेखि अपरान्न ४ बजेसम्मका लागि हटाइएको छ ।

त्यी क्षेत्रमा घोषित दङ्गाग्रस्त क्षेत्र भने यथावत् छ । टीकापुरमा थरुहटको प्रदर्शनका क्रममा गत भदौ ७ गते भएको हिंसात्मक घटनामा एक बालक सहित आठ प्रहरी मृत्यु भएपछि स्थानीय प्रशासनले धनगढी नगर क्षेत्र र टीकापुर नगर क्षेत्रसहित आसपासका गाविसमा निषेधाज्ञा लगाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी