महोत्तरीमा गोली लागेर ज्यान गुमाएका ६ जनाको अन्त्यष्टी

महोत्तरीमा गोली लागेर ज्यान गुमाएका ६ जनाको अन्त्यष्टी

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

महोत्तरी, २९ भदौ ।  

महोत्तरीको जलेश्वरमा प्रहरीले चलाएको गोलीले लागेर ज्यान गुमाएका ६ जनाको आज अन्त्यष्टी भएको छ ।

अन्त्यष्टी अघि दिउँसो जलेश्वरमा ६ जनाको शवलाई गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । शवयात्रामा सयौंको सहभागिता थियो । शवयात्रा सामुहिक गरिए पनि अन्त्यष्टी भने फरकफरक रुपमा गरिएको थियो ।
ज्यान गुमाएकाका आफन्तले शव यात्रापछि आआफ्नै गाउँमा लगेर दाह संस्कार गरेका हुन् । शवयात्रा र दाह संस्कारको लागि स्थानीय प्रशासनले जलेश्वरमा मंगलबार दिनभरी कर्फ्यु हटाएको थियो । बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म कर्फ्यु हटाइएको हो । यसअघि बिहान ६ बजेदेखि ९ बजेसम्म पनि जलेश्वरमा कर्फ्यु हटाइएको थियो ।

संयुक्त मधेसी मोर्चाले सोमबार नै शवयात्रा र दाह संस्कार गर्ने तयारी गरेको भएपनि शवयात्राको रुट र कर्फ्युको विषयमा स्थानीय प्रशासनसँग कुरा नमिल्दा मृतकको अन्त्यष्टी लम्बिएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आग्रहमा कर्फ्यु हटाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिनुभयो ।

भदौ २३ गते जलेश्वरमा गोली लागेर जलेश्वर–७ बज्राहीका रोहण चौधरी, महोत्तरी–५ का रामबिबेक यादव, जलेश्वर–१४ बखरीका अमित कापर र पिगौनाका विरेन्द्र विछाको ज्यानगएको थियो । भदौ २५ गतेजलेश्वर–७ बज्राहीका गणेश चौधरी र महोत्तरी हात्तिलेटकी रामशिलादेवी मण्डलको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी