काठमाडौँ, २९ भदौ ।
अवैध रक्तचन्दन ओसारपसारको कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका रहेका रुद्रनारायण तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतको २०७० जेठ ५ गतेको फैसलाले एक वर्ष कैद र नौ लाख ६४ हजार आठ सय रुपैयाँ जरिवाना ठहर भई कैद तथा जरिवाना बेरुजु रही हालसम्म फरार रहेका सिन्धुपाल्चोक धुस्कुन गाविस स्थायी घर भई काठमाडौँ बस्दै आएका ३९ वर्षीय तिमल्सिनालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज कोटेश्वरबाट पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि तिमल्सिनालाई काठमाडौँ जिल्ला अदालतमा पेस गरेकोमा उनलाई कैद सजाय भुक्तानका लागि डिल्लीबजार कारागारमा पठाइएको ब्यूरोले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline