नवलपरासीका सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव

नवलपरासीका सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ,२९ भदौ ।

नवलपरासीका अधिकांश सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क रुपमा वितरण गर्ने भनेका विभिन्न औषधिको अभाव भएको हो ।

सामान्य सिटामोलदेखि खोप, गर्भवती महिलाका लागि आवश्यक आइरन चक्कीसहित अधिकांश औषधिको अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन । करिब ३५ दिनको लगातार बन्दका कारण यातायात चल्न नसक्दा ती स्वास्थ्य संस्थामा औषधि पु¥याउन नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यसरी स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि स्वास्थ्य संस्थामा उपचार सेवा लिन आएका सेवाग्राही औषधि पाउनबाट वञ्चित हुन पुगेका छन । बन्दका कारण औषधि आपूर्ति हुन नसकेर अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव भएको जिल्ला स्वास्थ्य प्रमुख जयबहादुर कार्कीले बताउनुभयो ।

जिल्लामा एक जिल्ला अस्पताल, पाँच प्राथमिक स्वास्थ्य केन्द्र र ७१ वटा स्वास्थ्य चौकी रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी