काठमाडौँ, २९ भदौ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ प्रस्तुत भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले सो विधेयक सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
विधेयक प्रस्तुत गर्दै मन्त्री आचार्यले गत वैशाख १२ गते गएको भूकम्पले तहसनहस पारेका संरचनाहरुको पुनःनिर्माण गर्न अधिकारसम्पन्न प्राधिकरण गठनका लागि विधेयक आएको बताउनुभयो ।
व्यवस्थापिका–संसद्को अर्काे बैठक आज साँझ ७ः१५ बजे बस्ने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline