साझाले छपाइका लागि दुई रंगीन छपाइ मेसिन खरिद गर्ने

साझाले छपाइका लागि दुई रंगीन छपाइ मेसिन खरिद गर्ने

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २९ भदौ ।

एकद्वार प्रणालीबाट पाठ्यपुस्तक छाप्ने शिक्षा मन्त्रिस्तरीय निर्णय कार्यान्वयनका लागि साझा प्रकाशनले दुई नयाँ रंगीन छपाइ मेसिन प्रेस खरिद गर्ने भएको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गरी साझा प्रकाशनले आगामी शैक्षिक सत्रका लागि पुस्तक छाप्ने एकाधिकार प्रकाशन र जनकशिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिइएपछि सोको तयारीका लागि प्रेस खरिद गर्ने निर्णय गरेको जनाएको हो ।

प्रकाशनका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले अर्थ मन्त्रालयसँग रु २० करोड सहुलियत ऋण माग गरेकोमा मन्त्रालय सकारात्मक देखिएपछि यन्त्र खरिद गर्न लागिएको बताउनुभयो । पहिलो चरणअन्तर्गत दसैँअघि नै प्रत्येक कक्षाका हरेक विषयका एक लाख थान पुस्तक छपाइ गरिसक्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

गत साउन ३२ गते विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन र बिक्री वितरणमा निजी क्षेत्रको अधिकार कटौती गरी पुनः सरकारी स्वामित्वका ती दुई निकायलाई जिम्मेवारी दिइएकोे थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी