संविधानको परिमार्जित विधेयकको एक सय धारासम्म पारित

संविधानको परिमार्जित विधेयकको एक सय धारासम्म पारित

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २९ भदौ ।

संविधानसभाको आजको बैठकमा संविधानको परिमार्जित विधेयकका धाराहरु पारित गर्ने क्रम जारी छ । अहिलेसम्म धारा ७६ देखि १०० सम्मलाई बैठकले पारित गरेको छ ।

विधेयकका धारा ७६ मा मन्त्रिपरिषद्को गठन, ७७ मा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था, ७८ मा सङ्घीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने, ७९ मा प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा, ८० मा शपथ, ८१ मा राष्ट्रपतिलाई जानकारी दिने, ८२ मा नेपाल सरकारको कार्य सञ्चालन, ८३ मा सङ्घीय व्यवस्थापिका, ८४ मा प्रतिनिधिसभाको गठनसम्बन्धी, ८५ मा प्रतिनिधिसभाको कार्यकाल , ८६ मा राष्ट्रियसभाको गठन र सदस्यको पदावधि, ८७ मा सदस्यका लागि योग्यता, ८८ मा शपथ, ८९ मा स्थानको रिक्तता, ९० मा सदस्यका लागि अयोग्यतासम्बन्धी निर्णय, ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख, ९२ मा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, ९३ मा अधिवेशनको आह्वान र अन्त्य, ९४ मा गणपूरक सङ्ख्या, ९५ मा राष्ट्रपतिबाट सम्बोधन, ९६ मा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने, ९७ मा समितिको गठन व्यवस्था, ९८ मा सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालन, ९९ मा मतदान, १०० मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था रहको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ती धारा पारित गर्न निर्णयार्थ बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसैगरी, संविधानको परिमार्जित विधेयकको धारा ७६ माथि सभासद् कमल थापा, श्यामकुमार श्रेष्ठ, शिवलाल थापा, गोपाल दहित, हरिचरण शाह र लोकमणि ढकालले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतबाट अस्वीकृत गरिएको थियो ।

परिमार्जित विधेयकको धारा ७७ माथि श्यामकुमार श्रेष्ठ र डिल्लीप्रसाद काफ्ले पेस गर्नुभएको संशोधन प्रस्तावलाई पनि बहुमतबाट अस्वीकार गरिएको थियो । यसैगरी, बैठकमा गिरीराजमणि पोखरेल, अग्निप्रसाद खरेल र चीनकाजी श्रेष्ठले संविधानको परिमार्जित विधेयकको धारा ७७ माथि पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतबाट स्वीकार गरिएको थियो ।

विधेयकको धारा ७८ माथि डिल्लीप्रसाद काफ्ले र श्यामकुमार श्रेष्ठले राख्नुभएको प्रस्तावलाई पनि बहुमतबाट अस्वीकार गरिएको थियो । तीनै जना सभासद्ले संविधानको परिमार्जित विधेयकको धारा ७८ माथि पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतबाट स्वीकार गरिएको थियो ।

यसैगरी, विधेयकको धारा ७८ मागि श्याकुमार श्रेष्ठले राख्नुभएको प्रस्ताव पनि बहुमतबाट अस्वीकृत भयो । परिमार्जित विधेयकको धारा ८० माथि डिल्लीप्रसाद काफ्ले र श्यामकुमार श्रेष्ठले पेस गर्नुभएको संशोधन प्रस्ताव पनि बहुमतबाट अस्वीकृत भयो । परिमार्जित विधेयकको धारा ८१ माथि संशोधनकर्ता डिल्लीप्रसाद काफ्ले र श्यामकुमार श्रेष्ठले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतबाट अस्वीकार गरिएको थियो । परिमार्जित विधेयकको धारा ८३ माथि संशोधनकर्ता श्यामकुमार श्रेष्ठले पेस गर्नुभएको संशोधन प्रस्ताव पनि बहुमतबाट अस्वीकृत भयो ।

विधेयकको धारा ८४ माथि संशोधनकर्ता डिल्लीप्रसाद काफ्ले, श्यामकुमार श्रेष्ठ, कुन्तीकुमारी शाही, यशोदाकुमारी लामा, शिवलाल थापा, लक्ष्मण राजवंशी, चन्द्रेश्वर झा र विश्वेन्द्र पासवानले पेस गर्नुभएको संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भयो ।

यसैगरी, विधेयकको धारा ८५ माथि श्यामकुमार श्रेष्ठले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा ८६ माथि श्यामकुमार श्रेष्ठ, शिवलाल थापा, यशोदाकुमारी लामा, चित्रबहादुर केसी, हरिचरण साहले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

परिमार्जित विधेयकको धारा ९० माथि दुर्गा पौडेल, विश्वेन्द्र पासवानले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी, सभासद् गिरीराजमणि पोखरेल, अग्निप्रसाद खरेल र चीनकाजी श्रेष्ठले संविधानको परिमार्जित विधेयक धारा ९० माथि पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

परिमार्जित विधेयकको धारा ९१ माथि शिवलाल थापा र यशोदाकुमारी लामाले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी, गिरीराजमणि पोखरेल, अग्निप्रसाद खरेल र चीनकाजी श्रेष्ठले संविधानको परिमार्जित विधेयक धारा ९२ माथि पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

परिमार्जित विधेयकको धारा ९२ माथि शिवलाल थापा र यशोदाकुमारी लामाले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा ९७ माथि विश्वेन्द्र पासवानले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

परिमार्जित विधेयकको धारा एकसयमाथि चित्रबहादुर केसी, श्यामकुमार श्रेष्ठले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । संविधानसभाको बैठक २ः३० बजेसम्मका लागि स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी