सबैलाई समेट्ने नेतृत्वको अभाव

सबैलाई समेट्ने नेतृत्वको अभाव

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

सन् २०१३ मा जापानको ताचिकावा सहरमा भएको २४ औं युरोपा अन्तर्रा्ष्टि्रय सम्मेलनमा भेट भएका जापानका तत्कालीन आन्तरिक मामिला तथा सञ्चारमन्त्री योसिताका सिन्दासाग एउटा प्रश्न राखेकी थिएँ नेपालले जापानबाट के सिक्ने ? ‘नेपालको राजनीतिक उतार चढाव राम्रो बुझेका सिन्दाले विश्लेषण गर्दै भनेका थिए राज्यले आमनागरिकको आत्मसम्मानलाई प्राथमिकतामा राखी विभेदरहित समाजका लागि विकासको समान अवसर दिनुपर्छ । ५० वर्ष पहिले जापानको अवस्था पनि अहिलेको नेपालकै स्थितिमा थियो । जातीय विभेद यतिसम्म थियो कि केही अमुक जाति विषेश शिक्षा प्राप्त गर्नबाट समेत वञ्चित थिए । लामो अध्ययनपछि हामीले जापानको विकासका लागि समग्र जनताको सहभागिता र समर्पणको आवश्यकता महसुस गर्‍यौं । त्यसपछि जापानले आमनागरिकको लागि समान अवसर र समान विकासको रणनीति अपनायो । फलत: आज जापान विकसित राष्ट्रको अग्रपंक्तिमा छ’ साथै राष्ट्रको सर्वाङ्गीण विकासका लागि प्रत्येक नागरिकमा राष्ट्रप्रतिको समर्पण र दायित्वबोध अपरिहार्य हुन्छ भन्दै तर राज्य संयन्त्र पनि आमनागरिकप्रति उत्तरदायी र विश्वसनीय बन्न सक्नुपर्छ – उहााको विश्लेषण थियो । यसबाट के बुझ्न सकिन्छ भने राष्ट्रको समग्र विकासका लागि भौतिक श्रोत साधनले जति महत्त्व राख्छ आमनागरिकबीचको मेलमिलाप र समान सहभागिताले पनि महत्त्वपूर्ण अर्थ राख्छ ।
अब अर्को प्रसङ्ग दक्षिण अफ्रिकाको । २७ वर्ष जेल जेल नेल भोगेपछि दक्षिण अफ्रिकाको राष्ट्रपति बन्न सफल महान राजनेता नेल्सन मण्डेलाका सामु काला र गोरा जातिबीचको जातीय विभाजन र विद्वेष निराकरण गर्ने लगायतका बग्रेल्ती चुनौती थिए । हरेक चुनौतीको सामना गर्दै काला र गोरा जातिबीचको घृणा मत्थर पार्न र समस्त दक्षिण अफ्रिकी जनताबीच मेलमिलाप कायम गर्न मण्डेला सफल भए । उनको शान्ति प्रक्रियालाई सम्मान गर्दै नोबल शान्ति पुरस्कार समेत प्रदान गर्‍यो विश्वले । गोरा र काला जातिबीचको घृणा र द्वन्द्वलाई घटाउन गोरा जातिको प्रिय खेल ‘रग्बी’ को विश्व प्रतियोगितामा मण्डेला प्रत्यक्ष सहभागी मात्र भएनन् अरू काला जातिका जनतालाई समेत दर्शकका रूपमा सहभागि हुन प्रेरित गरे । जसमा ‘वन नेशन वन गेम’ को नारा लिइएको थियो र अन्तमा दक्षिण अफ्रिकाले ‘रग्बी’ को विश्वकप उपाधिमा जीत हासिल गर्‍यो । आफ्नो देशको जीतको खुशियालीले गोरा र काला जातिलाई एकीकृत गराउन सहयोगी बन्यो । एवं क्रमले दक्षिण अफ्रिकामा जातीय द्वन्द्व र घृणाको समाप्त भयो । यो थियो मण्डेलाको नेतृत्व समस्त दक्षिण अफ्रिकालाई एक गराउन ।
यो घटनाक्रमको उदाहरणीय पक्ष के हो भने राष्ट्रिय एकता र सद्भाव अभिवृद्धिमा एउटा असल नेतृत्वको अर्थपूर्ण भूमिका रहन्छ र एउटा असल नेतृत्वमा आमनागरिकका साना साना समस्यालाई सम्बोधन गर्ने क्षमता हुनु आवश्यक छ । आमनागरिकका मनोभाव बुझ्नु उनीहरूका आकाङ्क्षा, संस्कार धर्म र संस्कृतिसमेतलाई आत्मसात् गर्न सक्नु एउटा असल नेतृत्वमा हुनुपर्ने निहित गुणहरू हुन् । जसले समग्र राष्ट्रलाई एकीकृत र सद्भावको छाता भित्र समेट्ने क्षमता राख्छ ।
नेपालमा २०४६ सालको प्रजातन्त्रको पुनर्बहाली तथा २०६२/६३ को जनआन्दोलनपछि प्राप्त लोकतन्त्रमार्फत थुप्रै राजनीतिक तथा सामाजिकलगायतका सङ्घ संस्था उदय भए । आम जनताको हित र विकासकै नारा बोकेका तर फरक राजनीतिक विचारधारा बोकेका सङ्घ संस्था सफ््यात्मक हिसाबमा उल्लेख्य रहे तापनि अधिकांश संस्थाहरूमा सही नेतृत्वको खााचो र अभाव भने आम नागरिकबीच सदैव खड्की रह्यो ।
उसो त नेपालले संयुक्त राष्ट्र सङ्घको मानव अधिकार घोषणापत्रहरूको अनुमोदन गरे पश्चात् मानव अधिकारका हरेक सवाललाई संविधान र ऐनमार्फत सम्बोधन गर्ने प्रयास गरेको छ तर मानव अधिकारका केही सवाल तथा मुद्दाहरूलाई कार्यान्वयन गर्न व्यवहारिक कठिनाइ पनि पक्कै छन् । जसमा छुवाछुत छाउपडी तथा महिला विभेद एवं हिंसाजस्ता सामाजिक परम्पराजन्य कुप्रथालाई समूल नष्ट गर्न सकिएको छैन तर मानव अधिकारका अन्य सवालमा भने राज्य गम्भीर बनेको छ । राज्यका अन्य संयन्त्रमा आरक्षणको व्यवस्था, बहिस्कृत र विभेदीकरणमा परेकालाई सशक्तीकरणलगायत विकासका समान अवसर तथा राज्यका हरेक जातिविषेशमा प्रचलित धर्म संस्कृतिप्रति सम्मान र सहयोगका लागि भएका पहल र सहिष्णुता मानव अधिकारको प्रत्याभूतिका उदाहरणीय पक्ष हुन् ।
अब प्रसङ्ग कैलालीको । गत वैशाख १२ गतेको महाभूकम्पले समस्त देश दुखेको अवस्था । प्राकृतिक प्रकोपमा आफन्त गुमाएका र घरबारविहीन भएकाहरूका घाउ आलै छन् । राहतमा पहुाच पुनर्वासका समस्या आमनागरिक र राज्यले बेहोरी रहेको छ । त्यसमाथि नुन चुक थप्ने काम भएको छ दुखद् कैलाली घटनाक्रमले । दुई वर्षे अबोध बालकसागै नौं सुरक्षाकर्मीको बर्बर हत्या काण्डको जति आलोचना र निन्दा गरे पनि कम हुन्छ । पछिल्ला दिनमा जनकपुरमा समेत आन्दोनकारीद्वारा घाइते सशस्त्र प्रहरीका असइलाई उपचारार्थ अस्पताल लगिंदै गरेको अवस्थामा आन्दोलनकारीले पुन: कब्जा गरी हत्या गरे । मानव इतिहासको कालो धब्बाको रूपमा यो बर्बर हिंसात्मक घटनाक्रमहरूले मानवीय संवेगलाई झक्झकाएको छ । एसएसपी जस्ता उपल्लो तहका सुरक्षाकर्मीलाई जिउादै जलाइएर लखेटी लखेटी हत्या गरेको यी बर्बर घटनाले मानिस हुा भनि गर्व गर्ने जो कोहीलाई लाजमर्दो बनाएको छ । उसो त थारू नेतृत्वले पछिल्ला दिनमा सामाजिक सद्भावना कायम राखी आन्दोलन गर्ने वचनबद्धता जनाए पनि घटनाको जिम्मेवारी लिने र दोषीलाई कारवाहीको दायरामा ल्याइ कारवाही गर्ने काम भएन । उल्टै घटनाको दोष प्रशासनमाथि थोपरेर पानीमाथि ओभानो बन्न खोज्ने आभास भयो । यस प्रसङ्गमा नेपाली मिडिया पनि जिम्मेवार देखिएनन् । गलत, भ्रामक समाचार र झुठा तस्बीरहरू संप्रेशण गर्ने र समाजिक सद्भावलाई भड्काउने काम भइरहेकै छन् भने नियमन गर्ने अधिकार नहुांदा प्रेस काउन्सिल निरिह बनेको छ । पत्रकार महासङ्घ तथा मानव अधिकार आयोग जस्ता निकायहरू मुकदर्शक बनिरहेका छन् ।
आफूलाई अमुक वर्गको पक्षधर भनि गर्व गर्ने राजनीतिक नेतृत्वलाई आमनागरिकको प्रश्न छ आफ्नो अधिकार सम्बोधन गराउनकै खातिर अरूको बााच्न पाउने अधिकार हनन् गर्ने अधिकार उनीहरूलाई कसले दियो ? अर्कोतर्फ आफ्नो नेतृत्व तथा कार्यकर्तालाई सन्तुलनमा राख्न नसक्ने नेतृत्वले नेता हुा भन्दै गर्व गर्नुको औचित्य के ? अब शङ्का गर्ने पालो नागरिकको हो । के भविष्यमा त्यस्तो नेतृत्वले बहिष्करण र विभेदमा परेका आम आदिवासी जनजाति, मधेसी दलितलगायतका मुद्दालाई सम्बोधन गर्न सक्लान् ? जसले आफ्नै कार्यकर्तालाई सही नेतृत्व दिन र सन्तुलनमा राख्न सक्दैन भविष्यमा ती नेतृत्वबाट आमजनताले के आशा गर्ने ?
मानिसको बााच्न पाउने अधिकारलाई संयुक्त राष्ट्र सङ्घको दस्तावेजले मानव अधिकारको रूपमा प्रत्याभूति दिएको पनि सात दशक नाघिसकेको छ । समग्र विश्व शान्ति र मानव विकासको लागि कोरिएको सो दस्तावेजलाई हामीले अनुमोदन गरेपश्चात् देशको संविधान र कानुनमार्फत कार्यान्वयन गर्ने प्रयास निरन्तर जारी छ । खााचो छ सही नेतृत्व, सन्तुलित र निष्पक्ष कार्यान्वयनको मात्र । तसर्थ सार्वभौम सम्पन्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका अगुवाले बुझ्नै पर्ने तथ्य के हो भने अहिले हरेक नेपालीको मन खण्ड खण्ड भइसकेका छन् । तसर्थ अमुक जाति विशेष र प्रदेशमा सङ्कुचित बनेर वा अमुक प्रदेशको मुख्य मन्त्री बन्ने लोभमा रमाउनुभन्दा विशाल नेपाललाई गौरवशाली नेतृत्व दिएर सारा नेपालीको मनमा तरङ्ग दिने राजनेता बन्ने ध्येयलाई प्राथमिकता दिनु आवश्यक छ । जसले हरेक नेपाली मात्रलाई सय थरी बाजाको धुनमा एउटै तालमा नाच्न रमाउन प्रेरित गर्न सकोस् ।

साभार : गोरखापत्र

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी