सन् २०१३ मा जापानको ताचिकावा सहरमा भएको २४ औं युरोपा अन्तर्रा्ष्टि्रय सम्मेलनमा भेट भएका जापानका तत्कालीन आन्तरिक मामिला तथा सञ्चारमन्त्री योसिताका सिन्दासाग एउटा प्रश्न राखेकी थिएँ नेपालले जापानबाट के सिक्ने ? ‘नेपालको राजनीतिक उतार चढाव राम्रो बुझेका सिन्दाले विश्लेषण गर्दै भनेका थिए राज्यले आमनागरिकको आत्मसम्मानलाई प्राथमिकतामा राखी विभेदरहित समाजका लागि विकासको समान अवसर दिनुपर्छ । ५० वर्ष पहिले जापानको अवस्था पनि अहिलेको नेपालकै स्थितिमा थियो । जातीय विभेद यतिसम्म थियो कि केही अमुक जाति विषेश शिक्षा प्राप्त गर्नबाट समेत वञ्चित थिए । लामो अध्ययनपछि हामीले जापानको विकासका लागि समग्र जनताको सहभागिता र समर्पणको आवश्यकता महसुस गर्यौं । त्यसपछि जापानले आमनागरिकको लागि समान अवसर र समान विकासको रणनीति अपनायो । फलत: आज जापान विकसित राष्ट्रको अग्रपंक्तिमा छ’ साथै राष्ट्रको सर्वाङ्गीण विकासका लागि प्रत्येक नागरिकमा राष्ट्रप्रतिको समर्पण र दायित्वबोध अपरिहार्य हुन्छ भन्दै तर राज्य संयन्त्र पनि आमनागरिकप्रति उत्तरदायी र विश्वसनीय बन्न सक्नुपर्छ – उहााको विश्लेषण थियो । यसबाट के बुझ्न सकिन्छ भने राष्ट्रको समग्र विकासका लागि भौतिक श्रोत साधनले जति महत्त्व राख्छ आमनागरिकबीचको मेलमिलाप र समान सहभागिताले पनि महत्त्वपूर्ण अर्थ राख्छ ।
अब अर्को प्रसङ्ग दक्षिण अफ्रिकाको । २७ वर्ष जेल जेल नेल भोगेपछि दक्षिण अफ्रिकाको राष्ट्रपति बन्न सफल महान राजनेता नेल्सन मण्डेलाका सामु काला र गोरा जातिबीचको जातीय विभाजन र विद्वेष निराकरण गर्ने लगायतका बग्रेल्ती चुनौती थिए । हरेक चुनौतीको सामना गर्दै काला र गोरा जातिबीचको घृणा मत्थर पार्न र समस्त दक्षिण अफ्रिकी जनताबीच मेलमिलाप कायम गर्न मण्डेला सफल भए । उनको शान्ति प्रक्रियालाई सम्मान गर्दै नोबल शान्ति पुरस्कार समेत प्रदान गर्यो विश्वले । गोरा र काला जातिबीचको घृणा र द्वन्द्वलाई घटाउन गोरा जातिको प्रिय खेल ‘रग्बी’ को विश्व प्रतियोगितामा मण्डेला प्रत्यक्ष सहभागी मात्र भएनन् अरू काला जातिका जनतालाई समेत दर्शकका रूपमा सहभागि हुन प्रेरित गरे । जसमा ‘वन नेशन वन गेम’ को नारा लिइएको थियो र अन्तमा दक्षिण अफ्रिकाले ‘रग्बी’ को विश्वकप उपाधिमा जीत हासिल गर्यो । आफ्नो देशको जीतको खुशियालीले गोरा र काला जातिलाई एकीकृत गराउन सहयोगी बन्यो । एवं क्रमले दक्षिण अफ्रिकामा जातीय द्वन्द्व र घृणाको समाप्त भयो । यो थियो मण्डेलाको नेतृत्व समस्त दक्षिण अफ्रिकालाई एक गराउन ।
यो घटनाक्रमको उदाहरणीय पक्ष के हो भने राष्ट्रिय एकता र सद्भाव अभिवृद्धिमा एउटा असल नेतृत्वको अर्थपूर्ण भूमिका रहन्छ र एउटा असल नेतृत्वमा आमनागरिकका साना साना समस्यालाई सम्बोधन गर्ने क्षमता हुनु आवश्यक छ । आमनागरिकका मनोभाव बुझ्नु उनीहरूका आकाङ्क्षा, संस्कार धर्म र संस्कृतिसमेतलाई आत्मसात् गर्न सक्नु एउटा असल नेतृत्वमा हुनुपर्ने निहित गुणहरू हुन् । जसले समग्र राष्ट्रलाई एकीकृत र सद्भावको छाता भित्र समेट्ने क्षमता राख्छ ।
नेपालमा २०४६ सालको प्रजातन्त्रको पुनर्बहाली तथा २०६२/६३ को जनआन्दोलनपछि प्राप्त लोकतन्त्रमार्फत थुप्रै राजनीतिक तथा सामाजिकलगायतका सङ्घ संस्था उदय भए । आम जनताको हित र विकासकै नारा बोकेका तर फरक राजनीतिक विचारधारा बोकेका सङ्घ संस्था सफ््यात्मक हिसाबमा उल्लेख्य रहे तापनि अधिकांश संस्थाहरूमा सही नेतृत्वको खााचो र अभाव भने आम नागरिकबीच सदैव खड्की रह्यो ।
उसो त नेपालले संयुक्त राष्ट्र सङ्घको मानव अधिकार घोषणापत्रहरूको अनुमोदन गरे पश्चात् मानव अधिकारका हरेक सवाललाई संविधान र ऐनमार्फत सम्बोधन गर्ने प्रयास गरेको छ तर मानव अधिकारका केही सवाल तथा मुद्दाहरूलाई कार्यान्वयन गर्न व्यवहारिक कठिनाइ पनि पक्कै छन् । जसमा छुवाछुत छाउपडी तथा महिला विभेद एवं हिंसाजस्ता सामाजिक परम्पराजन्य कुप्रथालाई समूल नष्ट गर्न सकिएको छैन तर मानव अधिकारका अन्य सवालमा भने राज्य गम्भीर बनेको छ । राज्यका अन्य संयन्त्रमा आरक्षणको व्यवस्था, बहिस्कृत र विभेदीकरणमा परेकालाई सशक्तीकरणलगायत विकासका समान अवसर तथा राज्यका हरेक जातिविषेशमा प्रचलित धर्म संस्कृतिप्रति सम्मान र सहयोगका लागि भएका पहल र सहिष्णुता मानव अधिकारको प्रत्याभूतिका उदाहरणीय पक्ष हुन् ।
अब प्रसङ्ग कैलालीको । गत वैशाख १२ गतेको महाभूकम्पले समस्त देश दुखेको अवस्था । प्राकृतिक प्रकोपमा आफन्त गुमाएका र घरबारविहीन भएकाहरूका घाउ आलै छन् । राहतमा पहुाच पुनर्वासका समस्या आमनागरिक र राज्यले बेहोरी रहेको छ । त्यसमाथि नुन चुक थप्ने काम भएको छ दुखद् कैलाली घटनाक्रमले । दुई वर्षे अबोध बालकसागै नौं सुरक्षाकर्मीको बर्बर हत्या काण्डको जति आलोचना र निन्दा गरे पनि कम हुन्छ । पछिल्ला दिनमा जनकपुरमा समेत आन्दोनकारीद्वारा घाइते सशस्त्र प्रहरीका असइलाई उपचारार्थ अस्पताल लगिंदै गरेको अवस्थामा आन्दोलनकारीले पुन: कब्जा गरी हत्या गरे । मानव इतिहासको कालो धब्बाको रूपमा यो बर्बर हिंसात्मक घटनाक्रमहरूले मानवीय संवेगलाई झक्झकाएको छ । एसएसपी जस्ता उपल्लो तहका सुरक्षाकर्मीलाई जिउादै जलाइएर लखेटी लखेटी हत्या गरेको यी बर्बर घटनाले मानिस हुा भनि गर्व गर्ने जो कोहीलाई लाजमर्दो बनाएको छ । उसो त थारू नेतृत्वले पछिल्ला दिनमा सामाजिक सद्भावना कायम राखी आन्दोलन गर्ने वचनबद्धता जनाए पनि घटनाको जिम्मेवारी लिने र दोषीलाई कारवाहीको दायरामा ल्याइ कारवाही गर्ने काम भएन । उल्टै घटनाको दोष प्रशासनमाथि थोपरेर पानीमाथि ओभानो बन्न खोज्ने आभास भयो । यस प्रसङ्गमा नेपाली मिडिया पनि जिम्मेवार देखिएनन् । गलत, भ्रामक समाचार र झुठा तस्बीरहरू संप्रेशण गर्ने र समाजिक सद्भावलाई भड्काउने काम भइरहेकै छन् भने नियमन गर्ने अधिकार नहुांदा प्रेस काउन्सिल निरिह बनेको छ । पत्रकार महासङ्घ तथा मानव अधिकार आयोग जस्ता निकायहरू मुकदर्शक बनिरहेका छन् ।
आफूलाई अमुक वर्गको पक्षधर भनि गर्व गर्ने राजनीतिक नेतृत्वलाई आमनागरिकको प्रश्न छ आफ्नो अधिकार सम्बोधन गराउनकै खातिर अरूको बााच्न पाउने अधिकार हनन् गर्ने अधिकार उनीहरूलाई कसले दियो ? अर्कोतर्फ आफ्नो नेतृत्व तथा कार्यकर्तालाई सन्तुलनमा राख्न नसक्ने नेतृत्वले नेता हुा भन्दै गर्व गर्नुको औचित्य के ? अब शङ्का गर्ने पालो नागरिकको हो । के भविष्यमा त्यस्तो नेतृत्वले बहिष्करण र विभेदमा परेका आम आदिवासी जनजाति, मधेसी दलितलगायतका मुद्दालाई सम्बोधन गर्न सक्लान् ? जसले आफ्नै कार्यकर्तालाई सही नेतृत्व दिन र सन्तुलनमा राख्न सक्दैन भविष्यमा ती नेतृत्वबाट आमजनताले के आशा गर्ने ?
मानिसको बााच्न पाउने अधिकारलाई संयुक्त राष्ट्र सङ्घको दस्तावेजले मानव अधिकारको रूपमा प्रत्याभूति दिएको पनि सात दशक नाघिसकेको छ । समग्र विश्व शान्ति र मानव विकासको लागि कोरिएको सो दस्तावेजलाई हामीले अनुमोदन गरेपश्चात् देशको संविधान र कानुनमार्फत कार्यान्वयन गर्ने प्रयास निरन्तर जारी छ । खााचो छ सही नेतृत्व, सन्तुलित र निष्पक्ष कार्यान्वयनको मात्र । तसर्थ सार्वभौम सम्पन्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका अगुवाले बुझ्नै पर्ने तथ्य के हो भने अहिले हरेक नेपालीको मन खण्ड खण्ड भइसकेका छन् । तसर्थ अमुक जाति विशेष र प्रदेशमा सङ्कुचित बनेर वा अमुक प्रदेशको मुख्य मन्त्री बन्ने लोभमा रमाउनुभन्दा विशाल नेपाललाई गौरवशाली नेतृत्व दिएर सारा नेपालीको मनमा तरङ्ग दिने राजनेता बन्ने ध्येयलाई प्राथमिकता दिनु आवश्यक छ । जसले हरेक नेपाली मात्रलाई सय थरी बाजाको धुनमा एउटै तालमा नाच्न रमाउन प्रेरित गर्न सकोस् ।
साभार : गोरखापत्र