जुन दिन तिमी मसंग आएका थियौ, त्यहि दिनदेखि मेरो जीवन फेरिएको थियो । हो तिमीले मलाई जिन्दगी जिउन सिकाएकै हौ यसमा कुनै शंका नै छैन ।
अझ भनु तिमीले हरेक अप्ठेरा र बाधा अड्चनहरुसंग रस्साकस्सी गर्न ननसिकाएको भए म आज त्यही कुवामा हुन्थे होला जहा भ्यागुताहरुको चिच्याहटले अरु कुनै कुरा सुन्न नै पाइदैनथियो ।
तिमीले नै हो मलाई एकै छिनमा सारा संसार घुमाउएको । तिम्ले पिलाएका ती प्रेम प्यालाहरु अब मेरो पुरै जिन्दगीभरका लागि काफी छन । मलाई त्यसको नशा लागिरहनेछ, मृत्यको शरणमा पुग्ने अन्तिम बेलासम्म । त्यसैले विन्ती अब मलाई छोडेर जाउ !!!!
म आज पुरै झुकेर भन्न चाहान्छु तिमी मलाई त्याग । जबसम्म तिमी मलाई त्याग्दैनौ तबसम्म म तिम्रो दासि भइरहनेछु र तिम्रो अधिपत्य म माथि कायम रहिरहनेछ । म तिम्रो त्याो प्रेमपुर्ण पञ्जाबाट स्वतन्त्र हुन चाहान्छु ।
हेर न तिमी नआएको रात म निदाउन सक्दिन, अब त तिम्रो बानी परेर पनि होला एक्लै हुदा घरि दयाँ घरि बाँया कोल्टे फर्किन्छु त्यसैगरि कतिबेला रात वितेर मिर्मिरेको आगमन हुन्छ पत्तै हुदैन ।
मैले घर छोडेर हिड्दाखेरि आमालाई भनेकी थिए, आमा म तिम्रा सुकोमल पाउभरि माथी सगरमाथाको काखमा मुस्कुराई रहेका सेताम्य भई झुलिरहेका श्रद्धा र सम्मानका गहना लिएर आउनेछु भनेर । हो तिनै गहना लिएर म आज समयमै आउन सकिन र यो पत्र कोर्दैछु ।
पत्र तिमीलाई होइन मेरो सपनालाई हो जसले मलाई गहिरो निन्द्रा सुताउथ्याो र समयमै खाना खुवााउथ्यो । धेरै माया गथ्र्यो अनि अशल बाटोमा हिडन र प्रत्येक दुखसंग पौंठाजोरि खेल्न सिकाउथ्यो आज तिनै बैगुनीलाई म पत्र कोर्दैछु । तिमी आफै यी मेरा शब्दहरु पढेर तिनै वेइमानीलाई सुनाइदिनु ल आमा ।
प्रिय सपना, म तिम्री मुनलाईट । हाल राजधानी काठमाडौंबाट । आजसम्मको तिम्रो न्यानो साथका लागि धेरै आभारी छु । तिम्रो आगमनबीना म यो स्थानसम्म पुग्न सक्दैनथे होला सायद । आज याो पत्र कोरिरहदा म त्यहि निर्णयमा पुगे की अब तिम्रो र मेरो यानीकी हाम्रो त्याग तपस्याा, माया, प्रेम र साथको बलिदानी दिने बेला आइसक्यो । म यसमा दुखि हुन चाहान्न र तिमी पनि नहुनु ।
हेर यो अमुल्य मानव चोलामा भरपुर फाइदा उठाउन चाहान्छु म, सधै तिमीलाई मात्र हेरेर बसिरहन अब सक्दिन किनभने मैले त धेरै प्रगति गर्नुछ । त्यो कैलासको फेदमा पुगेर त्यहाका पाखाभरि सेताम्य फुलेका चाँदीवालाहरु ल्याएर आमाको पाउ सजाउनुछ । त्यति सकिन भने पारिजातको सहारा लिएर उनैको बगैचाभित्र आमालाई सयन गराउने मेरो धोको छ कृपया मेरो त्यो धोको पुरा गर्नलाई तिमी अब मलाई छोडेर जाउ !!!!
हरेक राति मलाई झकझक्याउन मेरो सिरानीसम्म नआउ तिमी । मेरौ भौतिक शरिरलाई एक ठाउमा थन्काएर आफ्नो सुन्दर संसारमा लगेर नभुलाउ मलाई । म कमजोर बन्न चाहान्न अब म स्पात र दृढ बन्न चाहान्छु । त्यसैले बिन्ती अब मलाई छोडेर जाउ । !!!!
तिम्रो आगमनमा म कमजोर छु , लाचार छु र विवश पनि अब मलाई यो भन्दा धेरै लाचार नबाउ बिन्ती अब मलाई छोडेर जाउ ।।।।।।
मुटुमा गाठो पारेर भर्खर हजारौ सन्ताको बलि चढाउन बाध्य भएकी मेरी मातालाई फेरि फेरि आफ्ना छोराछोरीको रगतले रगताम्य हुनबाट जोगाउन चाहान्छु । बैसाख १२ गतेका महाविपत्तीले मेरी आमा आजित भएकी छिन उनले नचाहादा नचाहादै ८ हजार सन्तानको गुमाउन पुगिन र भावविभोर भएर अर्धचेत अवस्थामा छिन अहिले ।
अलि अलि चेतमा आउन लागेकी मेरी आमालाई फेरि पनि मेरै दाजुभाइहरुले अंशबण्डको निहँु खोजेर रगताम्य बनाउन खोज्दैछन उनिहरुलाई मावता को पाठ सिकाउन छ यो बैनीले ।
माताको स्नेह र उनको निश्चल प्रेमको महिमा ज्ञात गराउनु छ मैले । यो कमाइखाने गरा, पानी भर्ने गाग्रो र ढिडो र गुन्द्रुक खाने थाल सबैको साझा हो कसैको पेवा होइन भनेर बुझाउनु छ मैले । अनि सन्तानको रगतले रगताम्य भएर मुर्छित बनेकी ती मातालाई हिमनदिको छेउमै लगेर स्नान गरि चोखाो बनाएर त्यहि किनारमा लुकामारी खेलिरहेका लहरा, पुष्पपुञ्ज र किन्नर किन्नरीहरुसंग मित्तेरी लाउनुछ ।
हो मलाई दाजुभाई र दिदीबैनीहरुबीचमा परस्पर सदभाव, सम्मान र भाइचाराको सम्बन्ध स्थापित गरााउनुछ त्यसैले विन्ती तिमी अब मलाई छोडेर जाउ !!!!
तिमी त केवल सपना हौ आउछौ आफ्नो मजा लुट्छौ र जान्छौ तर पिडा त मैले दिनभर सहनुपर्छ तिमीले रातभर दिएको सुखको । त्यसैले मलाई यो भ्रमबाट मुक्त गर र तिमी आफ्नोबाटो लााग म मेरै बाटोमा ठिक छु । सपना…..
अन्यथा भोली मेरो र मेरी माताको अस्तित्व माटोमा मिल्नेछ । दुष्मनहरुले गिद्धले सिनो लुचेजस्तै गरि मेरी आमाको अस्मिता लुच्छनेछन र हामी अनाथ हुनेछौ ।
हरेक मान्छे हरेक दिन एउटा सपना खेख्छ । कुने सपनाले दुख दिन्छ भने कुनैले रमाइलो महशुस समेत गराउछ तर आखिर त्यो सपना मात्रै हो । राति निदाएको बेलामा देखेका सपनाहरु सपनामै सिमित हुन्छन । र पनि मान्छेहरुलाई त्यसले कहि कतै प्रभाव पारिरहेकै हुन्छ ।
त्यसको बारेमा कतिपय ठाउँमा त चर्चा नै हुने गरेको छ , वाहा क्या सपना देखे मैले भनेर ….। त्यसैले अब म त्यो सपनामा रमाउन चाहान्न । म सपनामा हैन वास्तविकतामा रमाउन चाहान्छु । त्यसैले अब तिमी मलाई छोडेर जाउ !!!!
तिम्री मुनलाईट, हाल राजधानी काठमाडौंबाट ।
गत बैसाख १२ गतेको शक्तिसाली भुकम्पले दिएको गहिरो घाउ नओभाउदै देशमा संविधान निर्माण र प्रमुख दलले गरेको संघिय सिमांकनको विरोधमा देशमा आन्दोलन चर्कियो । केहि जनताहरुले आफ्नो अधिकार माग्न खोज्दा ज्यानको आहुति दिनुप¥यो भने केहि सुरक्षाकर्मीहरुले आफ्नो देशको रक्षार्थ लड्दा विरगति प्राप्त गर्नुप¥यो ।
यो निकै पिडादायी यर्थाथतामा बाचीरहेको विधवा श्रीमतिहरु , विदुर श्रीमानहरु, टुहुरा छोराछोरीहरु र आफु मर्ने बेलामा छोरा छोरीको शवलाई चिता दिनुपर्ने नियतीको नियतीसंग लडिबुडि गरिरहेका आमा बुबाहरु सबैले बुझ्नु जरुरी छ ।
हत्या हिंसाले हामी कदापि सुखि बन्न सक्दैनौ । आखा बन्द गरेर हैन आँखा खोलेर सपना दखौ, सव्य र भव्य तरिकाले अगाडि बढौं,मिहिनेत गरौ र त्यो सपना साकार पारेरै छोडौं ।