बालअधिकार र बालमैत्री सिकाई

बालअधिकार र बालमैत्री सिकाई

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

नेपाल सरकारले विद्यालयलाई बालमैत्री शिक्षण सिकाईको केन्द्रको रुपमा विकास गर्न विभिन्न अवधारणाहरु संचालन गरेको छ । ‘बालबालिका शान्ति क्षेत्र’ जस्ता कार्यक्रम सञ्चालित भएपनि तिनको व्यवहारिक कार्यान्वयन भने हुन सकेको छैन् ।

हाम्रो देशमा बालबालिकाहरुको संरक्षण र विकास सम्बन्धि नितीहरु बन्ने अनि कागजमै सिमित रहने प्रचलन नयाँ हाईन् विशेष गरि बालबालिकाहरुको बाँच्न पाउने, संरक्षण पाउने, विकास अनि सहभागिता र सुनिश्चितता नै बाल अधिकार हो भनि बालबालिका सम्बन्धि सन्धी, अभिसन्धीले परिभाषित गरेका छन् ।

बाल अधिकार र बालमैत्री शिक्षाको बहस चल्दै गर्दा कैलाली जिल्लामा मात्रै नपुग्दै दुई जना दुई वर्षिय अवोध बालिकाहरु पशुतुल्य किसिमले बलात्कारको शिकार भए । कैलालीको टिकापुरमा दुई वर्षिय बालकको हत्या गरियो । मधेशमा चलेको आन्दोलनको क्रममा दुई जना स्कुले विद्यार्थी मारिए यती मात्रै होईन् १६ वर्ष पुरा नभएका हजारौ बालबालिका बालमजदुरको रुपमा आप्mनो क्षेत्र बेच्न बाँध्य छन् कैलालीमै पनि ।

बाल अधिकारको विषयमा सरोकारवाला निकायहरुले कार्यान्वयन तहमा ध्यान नदिँदा आज हाम्रा बालबालिकाहरु विभिन्न हिँसाको शिकार बन्न बाँध्य छन् । उनीहरुको अधिकारको नाममा आप्mनो भविष्य बनाउन तल्लिन एनजिओ, आईएनजिओहरु बर्षमा एक पटक बालदिवस धुम धामका साथ मनाउँछन् तर, बाल अधिकारको हनन्का विषयमा सिँको पनि जाँच्दैनन् आवाज उठाउने कुरामा ।देशमा भएको राजनीतिक अस्थिरताको शिकार बालबालिका भईरहँदा राज्य पक्षले पनि उचित चाँसो नदिनु दुःखद पक्ष रहेको छ । बालबालिकाहरुको नाममा काठमाण्डौँको पाँच तारे होटलहरुमा बनाईने निती र गरिने चिन्ताले बाल अधिकारको सुनिश्चितता हुँदैन् ।

सम्बन्धित क्षेत्रका बालबालिकाहरुलाई परेका पिर मर्का बिभिन्न हिँसा अनि अपराध जन्य घटनाको दोषीहरुलाई कानुनको दायरामा ल्याउने अनि अरु पिपासुहरुलाई पनि बाल दुव्र्यवहारको परिणाम के हो र कस्तो सजाय भोग्नुपर्छ भन्ने विषयमा सचेत गराई कडा कानुनको कार्यान्वयन हुन सकेमा मात्रै सार्थक रुपमा बालबालिकाहरुले अधिकार पाएको ठहर हुन्छ ।

अब बालदिवस मनाएर होईन, अबोध बालिका बलात्कार गर्ने बालबालिकाहरुलाई हत्या गर्ने अपराधीहरुलाई कठघरामा उभ्याएर पिडितको घाउँमा मलम लगाउनुपर्छ । अनि त्यस्तो जघन्य अपराध गर्न आँट नै नगर्ने अवस्थाको सृजना गरिनुपर्छ ।

अब विद्यालयहरुलाई मात्रै बालमैत्री शिकाईको थलो बनाईनु हुँदैन प्रत्येक टोल, छरछिमेकमा बालमैत्री बातावरण निर्माण गर्नुपर्छ । पहिलो पाठशालाको रुपमा चिनिने घर–घरमा बाल सुरक्षाको विषयमा अभिभावकहरुमा जिम्मेवारी बढाउनु पर्दछ ।

बाल अधिकार हनन्का घटनालाई गम्भीर रुपमा नलिएमा भोलीका बालबालिकाहरुको अधिकार प्राप्त अनि हिँसाको शिकार भएका बालबालिकाले न्याय पाउँन सक्दैनन् ।
जबसम्म बालबालिकाहरुले आफुलाई सुरक्षीत महशुष गर्न सक्दैनन् तबसम्म जसरी सिकाएपनि जेजस्ता प्रारुप बनाएनि पहिला सुरक्षाको प्रत्याभुतीमा सम्बन्धित निकायको ध्यान जाओस ।

बालबालिका शान्ति क्षेत्र हुन्, विद्यालय, घर, टोल र छरछिमेकमा बालमैत्री व्यवहार र बातावरण सृजना हुन सकेमा भोली कृषियोग्य सक्षम र योग्य नागरिकको परिकल्पना गर्न सकिन्छ नत्र कार्यान्वयन नहुने कानुन व्यवहारमा नआउने निती र प्रारुपको कुनै अर्थ छैन् । नहुने कानुन व्यवहारमा नआउने निती र प्रारुपको कुनै अर्थ छैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी