कञ्चनपुर, २९ भदौ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा दायर गरेको छ ।
थरुहट थारुवान संघर्ष समितिले गत शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको आमसभामा घरेलु हतियार सहित सहभागी भएका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो ।
मुद्दा दर्ता गरिएकामा बेलौरी नगरपालिका–४ बुटावरीका ३५ वर्षीय लक्ष्मण चौधरी, सोही नगरपालिका रिछाहाका १६ वर्षीय सुरेश राना र नयाँगाउँका २१ वर्षीय सुरेश चौधरी रहेको कन्चनपूरका प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनुभयो ।
तीनै जनामाथि सार्वजनिक मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाएको उहाँको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline