झापाका स्थानीय जङ्गली हात्तीबाट आतङ्कित

झापाका स्थानीय जङ्गली हात्तीबाट आतङ्कित

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २९ भदौ । 

झापाको दक्षिणी केही गाविसमा जलथल जङ्गलमा रहेका जङ्गली हात्तीका कारण मानिस आतङ्कित बनेका छन् ।

रातको समयमा जङ्गलबाट आठ वटा हात्तीको समूहले मानव बस्तीमा प्रवेश गरी अन्नपात र घरहरु तोडफोड गर्ने गरेका कारण आतङ्कित बनेको मानव हात्ती द्वन्द्व व्यवस्थापनका लागि हरियाली युवा परिवारका अध्यक्ष दिनेश दासले जानकारी दिनुभयो ।

जङ्गली हात्तीले राजगढ, महेशपुर, पृथ्वीनगर, पाठामारीलगायतका गाविसमा दुःख दिने गरेको छ । अधिकांश सुकुम्बासी नै जङ्गली हात्तीको आक्रमणमा पर्ने गरेको र उनीहरुसँग स्थायी धनी पुर्जा नभएका कारण क्षतिपूर्ति पनि पाउन नसकेकाले उनीहरु झन प्रताडित बनेका छन् ।

स्थायी धनी पुर्जा भएको मानिसको घर भत्काएमा रु १० हजार र अन्नपात खाएको प्रमाणित भएमा रु १० हजार क्षतिपूर्ति हुने व्यवस्था भए पनि स्थायी धनी पुर्जा नभएका कारण पीडितले क्षतिपूर्ति पनि पाउन सकेका छैनन् ।

गएको वैशाखयता अहिलेसम्ममा लगभग ५० वटा घर भत्काइसकेको छ भने जङ्गली हात्तीको समूहमा रहेको आँखा नदेख्ने एउटा कानो हात्तीले नै सबैभन्दा बढी क्षति गर्ने गरेको जिल्ला वन कार्यालयका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिनुभयो ।

यस्तै झापाको उत्तरी क्षेत्र बाहुण्डांगीमा पाँच दशकदेखि भारतबाट प्रवेश गरी स्थानीय मानिसलाई दुःख, जनधनको क्षति गर्न थालेपछि सुरक्षाको निम्ति हात्तीलाई रोक्न विद्युतीय तारवार लगाउने कार्य तीव्र गतिमा भइरहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ