आज राष्ट्रिय बाल दिवस, विविध कार्यक्रम गरी मनाइदै

आज राष्ट्रिय बाल दिवस, विविध कार्यक्रम गरी मनाइदै

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २९ भदौ ।  

आज राष्ट्रिय बाल दिवस । ‘पुनःनिर्माण र संविधान : बालअधिकारको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

दिवसका अवसरमा बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले विविध कार्यक्रमको आयोजना गरेको छ ।

बालअधिकार महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ २९ मा यो दिवस मनाउने गरिन्छ । राष्ट्रिय बाल दिवस, २०७२ मूल समारोह समितिले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

बालअधिकारको क्षेत्रमा उल्लेख्य प्रगति भएपनि शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको यस क्षेत्रमा कार्यरत संघसंस्थाको भनाई छ । नेपालले सन् १९९० मा बालअधिकार महासन्धीमा हस्ताक्षर गरेको थियो ।

यसैबीच दिवसको पूर्व सन्ध्यामा विभिन्न आन्दोलनमा मृत्यु हुने बालबालिकाको सम्झनामा हिजो त्रिभुवन विमानस्थल बाहिर दीप प्रज्वलन गरिएको थियो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र विभिन्न गैरसरकारी सङ्घसंस्थाले आयोजनामा भएको उक्त कार्यक्रममा मन्त्री, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार तथा सर्वसाधारणको सहभागिता थियो ।

सो अवसरमा महिलामन्त्री नीलम केसीले सडक बालबालिका मुक्त सहर बनाउन सडक बालबालिका व्यवस्थापन कार्य्विधि ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । सो अवसरमा मन्त्री केसीले केन्द्रीय बालकल्याण समितिको नयाँ भवन पनि शिलान्यास गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ