स्वास्थ्य संस्थाभित्र पानी चुहिँदा उपचारमा समस्या

स्वास्थ्य संस्थाभित्र पानी चुहिँदा उपचारमा समस्या

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २९ भदौ ।  

डोल्पाको सिमानासँग जोडिएको जाजरकोटको भगवती स्वास्थ्य चौकीमा पानी चुहिँदा समस्या भएको छ ।

जिल्लाको अति दुर्गम क्षेत्रमा पर्ने यो स्वास्थ्य चौकीमा जीर्ण भवनका कारण पानी चुहिने समस्या आएको चौकीका प्रमुख तुलबहादुर नेवारले जानकारी दिनुभयो । स्वास्थ्य चौकी भवन रहेको जग्गा स्वास्थ्य चौकीको नाममा नभएका कारण थप मर्मत हुन नसकेको हो ।

भगवती गाविस– ३ मा रहेको यस स्वास्थ्य चौकीको जग्गा खरिदका लागि चार वर्षअघि जग्गा धनी रन्जने कामीलाई रु ४८ हजार दिए पनि अहिलेसम्म स्वास्थ्य चौकीको नाममा जग्गा नहुँदा निकै समस्या भएको गाविसका कार्यालय सहायक नवीन सिंहले जानकारी दिनुभयो ।

अहिले स्वास्थ्य चौकीमा पानी पर्नासाथ चुहिने हुँदा उपचार गर्न, औषधि जोगाउन र अन्य सामग्री जोगाउन निकै मुस्किल परेको छ । यो जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य चौकी हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी