नागरिक लगानी कोषमा सन्ध्याकालीन सेवा

नागरिक लगानी कोषमा सन्ध्याकालीन सेवा

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,२८ भदौ । 

नागरिक लगानी कोषले आफूले सञ्चालन गर्दै आएको कर्मचारी बचत वृद्वि स्वीकृत अवकाश कोषका सहभागीलाई थप सेवा प्रवाह गर्ने उद्देश्यले सन्धाकालीन सेवा सञ्चालन गरेको छ ।

कोषले आज विज्ञप्तिमार्फत हालसम्म आइतबारदेखि बिहीबारसम्म कोषमा आबद्ध सेवाग्राहीले बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म राजीनामा÷अवकाशसम्बधी भुक्तानी र सापटी फाराम दर्ता गर्ने गरेकामा अब अपराह्न ४ बजेसम्म दर्ता गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

त्यसैगरी शुक्रबार अपराह्न २ बजेसम्म राजीनामा÷अवकाश÷भुक्तानी तथा सापटी भुक्तानीको फाराम दर्ता गर्ने गरिएकामा अब अपराह्न ४ बजेसम्म गरिने व्यवस्था कोषका सूचना अधिकृत उद्धव सिलवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै भुक्तानीको हकमा फाराम दर्ता गरेकै दिनमा कोषले आइतबारदेखि बिहीबार ६ बजेसम्म तथा शुक्रबार अपराह्न ४ बजेसम्म राजीनामा÷अवकाश तथा सापटीको भुक्तानीको व्यवस्था मिलाएको छ । सो सेवा सञ्चालन भएपछि करिब एक लाख ६६ हजार सेवाग्राहीले सुविधा पाउने कोषले अपेक्षा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी