पार्टी कार्यालय तोडफोडप्रति नेविसंघद्धारा भत्र्सना

पार्टी कार्यालय तोडफोडप्रति नेविसंघद्धारा भत्र्सना

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, २८ भदौ ।

नेपाल विद्यार्थी संघले आन्दोलनका नाममा तराईका विभिन्न जिल्लामा नेपाली काँग्रेस पार्टी कार्यालयहरुमा भएको तोडफोड घटनाप्रति भत्र्सना गरेको छ ।

नेवि संघले आज एक विज्ञप्ति जारी गर्दै धनुषा, महोत्तरी, सुनसरी र सप्तरी जिल्लामा भएको पार्टी कार्यालय तोडफोडको भत्र्सना गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्वाञ्जलि व्यक्त गरेको छ ।

सङ्घले २००७ सालदेखिको नेपाली जनताको चाहना पूरा गर्न संविधानसभाले चालेको कदमको स्वागत गरेको छ । विज्ञप्तिमा पर्सामा पार्टीका पूर्वसभापति एवम् लोकतन्त्रका नायक गिरिजाप्रसाद कोइरालाको शालिक ढालेको घटनाको निन्दा गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

सङ्घले वार्ता र संवादबाट आफ्ना माग राख्न आन्दोलनरत दललाई आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी