आदिवासी जनजाति महासंघका पूर्व महासचिव शेर्पा धरौटीमा रिहा

आदिवासी जनजाति महासंघका पूर्व महासचिव शेर्पा धरौटीमा रिहा

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २८ भदौ ।

सामाजिक सञ्जालमा सामाजिक सद्भाव खलबलाउने सामग्री पोष्ट गरेको अभियोगमा पक्राउ परेका आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा आज धरौटीमा रिहा भएका छन ।

जिल्ला अदालत काठमाडौँले शेर्पालाई धरौटीमा रिहा गर्न दिएको आदेशबमोजिम शेर्पा रु २० हजार धरौटीमा रिहा भएको नेपाल प्रहरीको मुद्दा फाँटका प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

संघीय समाजवादी फोरम नेपालका नेतासमेत रहेका शेर्पालाई फेसबुकमा सामाजिक सद्भाव भड्काउने सामग्री पोष्ट गरेको अभियोगमा प्रहरीले यही भदौ १६ गते राजधानीबाट पक्राउ गरेको थियो । शेर्पा्विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दा भने जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी