क्रान्तिकारी बिद्यार्थिको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा राई

क्रान्तिकारी बिद्यार्थिको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा राई

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

पोखरा , भदौ २८ ।

बिप्लव माओबादी निकट अखिल क्रान्तिकारी बिद्यार्थि संगठनको कास्की जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

भदौ २७ गते बाट पोखराको पृथ्वीनारायण क्याम्पसमा चलेको सम्मेलनले मिलन राईको अध्यक्षतामा ३५ सदस्यीए नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा आश तमु र र्निमल कडरीया, सचिवमा कपिल साउद,सह–सचिवमा प्रकाश बास्तोला र अशोक भण्डारी, कोषध्यक्षमा आस्था नेपालीलाई र्निबाचित गरेको छ । सम्मेलनले साँत बुँदे संघर्षका कार्यक्रमको घोषणा गरेको सम्मेलन पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

शैक्षिक कालोबजारीयाहरुलाई कार्वाही गर्ने,अबैधानिक शैक्षिक सस्था खारेजिका लागि संघर्ष गर्ने, जथावाभी तरिकाले लिईएको शुल्क खारेजि गर्ने,सरकारी बिद्यालयमा बिभिन्न बाहानामा लिईने शुल्क मिनाहाका लागि आन्दोलन गर्ने,शुल्क अनुसारको सेवा सुबिधा दिए, नदिएको अनुगमन गरी कार्वाही गर्ने,बिद्यालयमा अनिवार्य रुपमा छात्रबृत्ति सम्बन्धी अनुगमन गर्ने कार्यक्रमहरु रहेको नवर्निबाचि अध्यक्ष मिलन राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका केन्दीय उपाध्यक्ष पुर्ण बहादुर सिंहले अब बालोबजारीहरुको बिरुद्धका आन्दोलन सूरु भएको बताए । अब देशभरमा भएका शिक्षाका नाममा भएका गलत कृयाकलापका बिरुद्ध नयाँ खाले संघर्ष सूरु भएको उनले उदघोष गरे । नेकपा माओबादीका प्रबक्ता प्रकाण्डले संम्मेलनको उदघाटन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ