काठमाडौं, २८ भदौ ।
उपप्रधान एवम गृहमन्त्री वामदेब गौतमले अबको एक हप्ताभित्र संविधान जारी हुने बताउनु भएको छ ।
लाजिम्पाटस्थित होटल रेडिसनमा आज भएको विउ विजन राष्ट्रिय सम्मेलन २०७२ को उद्घाटन गर्दै गृहमन्त्री गौतमले यस्तो बताउनु भएको हो ।
उहाले भन्नुभयो ” हाम्रा पुर्खाले भनेझै अनिकालमा विउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भनेको त्यसै होइन, हामीले सम्पुर्ण मानव जातिको प्राण रक्षा गर्ने र अस्तित्व बचाउने खाद्य बस्तुहरुको जीनेटिक रक्षाका लागि विउ विजनको भण्डारण सुरक्षा र गुणस्थरमा नियन्त्रण गर्नु जरुरी छ ।”
उहाले हिजो संविधनको तीनओटा धारा सर्वसम्मतिले पारित गरेको बताउनुहुदै आज र भोलीमा नया संविधानका सबै धारा पारित गरि हस्ताक्षरको लागि संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङ समक्ष पठाउएर अबको एक हप्तामा संविधान जारी गरिने दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै कृषी सचिव उत्तम कुमार भट्टाईले किसानले आवश्यक परेको विउ विजन समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । विउ विजनको वितरण व्यवस्थापन र गुणस्थरमा उच्च प्राथमिकता दिदै किसानहरुलाई अभिमुखिकरण सम्बन्धि कार्यक्रम ल्याइने समेत उहाको भनाई छ ।
यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा भरतेन्द्र मिश्रले भुकम्प प्रभावित १४ जिल्लामा विउविजन भण्डारण केन्द्रको स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । उहाले कृर्षी सम्बन्धि १४ औ राष्ट्रिय योजना निर्माण कार्य सुरु भएकोले विउ विजनको जर्गेना कसरि सकिन्छ भन्ने राय सुझाव दिन सबैमा आग्रह समेत गर्नुभयो ।