काठमाडौं, २८ भदौ ।
संविधानसभाबाट नयाँ संविधानको विधेयक पारित हुनेक्रम आजपनि जारी छ । संविधानसभाको बैठकमा अहिलेसम्म नयाँ संविधानको विधेयकका ३७ वटा धारा पारित भइसकेका छन् ।
नेपालको भावी संविधानको परिमार्जित विधेयकमाथि सदस्यहरुबाट प्राप्त संशोधनहरुलाई संविधानसभाको बैठकमा निर्णायार्थ प्रस्तुत् गर्दै अस्वीकृत गर्ने र स्वीकृत गर्नेक्रम आज जारी छ ।
नयाँ संविधानको परिमार्जित विधेयकको धारा ६ र ७ मुख्य तीन दलको संशोधनसहित पारित भएको छ । संविधानसभाले मृत्युदन्डसम्बन्धी कानुन बनाउन नपाइने व्यवस्था पारित गरेको छ भने पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हक रहने व्यवस्थासमेत पारित गरेको छ ।
संविधानसभाले प्रेसमाथिको प्रतिबन्धात्मक वाक्यांशलाई यथावत् राखेर पारित गरेको छ । हिजोदेखी संविधानसभामा विधेयकको धारामाथि मतदान सुरु भएको थियो । हिजोकोे बैठकले संविधानका ३ ओटा धारा पारित गरेको थियो । आजको पहिलो बैठकले २३ धारा सम्म पारित गर्यो भने द्रोस्रो बैठकले ३७ धारासम्म पारित गरेको छ । बैठक पुनह साझ ५ बजेसम्मका लागि स्थगीत भएको छ ।
संविधानसभामा तत्काल कायम रहेका ५ सय ९८ सदस्यमध्ये ५ सय ४० सभासद अर्थात कुल सदस्य संख्याको ९० दशमलव ३१ प्रतिशत संविधान निर्माणको अन्तिम प्रक्रियामा सहभागी भएका छन् ।
मधेस केन्द्रित साना दलका ५८ सभासद्ले भने संविधानसभाको प्रारम्भिक मस्यौदा निर्माणको प्रक्रियादेखि नै संविधानसभा बहिस्कार गरिरहेका छन् ।