मंङ्सिरसम्म भूकम्पपीडितलाई यथास्थानमा बस्न आग्रह

मंङ्सिरसम्म भूकम्पपीडितलाई यथास्थानमा बस्न आग्रह

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,२८ भदौ ।

बैशाख १२ गतेको बिनासकारी भूकम्पपछि रसुवामा गाउँ छोडी अन्यत्र बसेका विस्थापित परिवारलाई मङ्सिरसम्म यथास्थान नछाड्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
पुनर्वासको खाका नआउनजेल मङ्सिरसम्म हाल बसिरहेकै स्थान नछोड्न विस्थापित सबैसँग प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आग्रह गर्नुभएको छ ।

भूकम्प पछि हाकु क्षेत्रका विस्थापित हुन पुगेका ७ सय ५१ घर परिवार जिल्लाको धुन्चे, धैबुङको कालीका स्थान र बेत्रावती क्षेत्रमा टहरा बनाई अस्थायी बसोबास गरिरहेको हाकु गाविसले जनाएको छ ।

एन्टोना फाउन्डेसनले आइतबार सम्पन्न गरेको टड्कारो समस्या र राहत वितरणको प्रणाली विषयक अन्तरक्र्रियामा विस्थापित परिवारले टहरोभित्रको बसाइँ असहज भएको र वर्षायाम पनि सकिन लागेकाले परिस्थिति क्रमश सहज हुन गएका कारण आवास पुनःनिर्माण गरी आफ्नो थातथलोमा बस्न जान पाउनु पर्ने धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी