काठमाडौंँ, २८ भदौ ।
नवलपरासीको परासीमा आन्दोलनकारीले एउटा स्कुल बसमा आगजनी गरेका छन् । गएराति करिब एक बजे आन्दोलनकारीले परासी स्थित लिटल एन्जल्स उच्च माध्यमिक विद्यालयको लु १ क ९५६ नम्बरको बसमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
बन्दका कारण एक महिनादेखि जिल्लाको बेलासपुरमा रोकिराखेको बस विद्यालय खुलेपछि आन्दोलनकारीसँग अनुमति लिएर सञ्चालन गर्न थालिएको भएपनि आन्दोलनकारी कै अर्को समूहले आगजनी गरेको विद्यालयका प्रधानाध्यपक सुमनगोपाल आचार्यले बताउनु भयो ।
बेलासपुरबाट आएको बसलाई दुई जनाको समूहमा आएका आन्दोलनकारीले रामग्राम नगरपालिका ४ मा जलाइदिएका हुन् । परासी क्षेत्रमा विहानको समयमा विद्यालय खोल्न अनुमति दिपनि आन्दोलनकारीले पुनः विद्यालय बन्द गराउंदै हिडेपनि आजबाट सबै विद्यालय बन्द भएको प्याब्सनले जनाएको छ ।