काठमाडौ २८ भदौ ।
धनुषाको मिथिला नगरपालिकामा ईलाका वन पोष्टमा कर्मचारी सहित आगजनीको प्रयास भएको छ ।
मिथिलानगरपालिका ३ स्थित ईलाका वन पोष्ट विश्रामपुरमा कर्मचारीहरु सुतिरहेका बेला वनतस्करहरुले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।
तस्करहरुले पट्रोल छर्किंदा आफ्हरुको ज्यानमा परेपछि थाहा पाएर भागेको कर्मचारी नविन ठाकुरले जानकारी दिनुभयो ।
वन पोष्टमा दुई जना कर्मचारी सुतेका थिए । आफुहरु बाहिर निस्किए लगतै तस्करहरुले आगो लगाएर भागेको ठाकुरको भनाई छ ।
स्थानीयबासिन्दा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline