तराई मधेशमा आन्दोलन कायमै

तराई मधेशमा आन्दोलन कायमै

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ २८ भदौ ।

संविधानसभामा संविधान निर्माणको प्रक्रिया सुरु भइरहँदा तराई मधेशमा लामो समयदेखि जारी आन्दोलन कायमै छ ।
यसैविच महोत्तरीमा गत बुधवार र शुक्रवार प्रहरीको गोली लागी मृत्यु भएकाको आज शवयात्रा निकालिनुको साथै सामुहिक दाह संस्कार गरिने भएको छ ।

स्थानीय प्रसाशनले शहीद घोषणा, क्षतिपुर्ती, परिवारको एकजनालाई जागिर लगायतका मागहरु सिफारिस गर्न तयार भएपछि मोर्चाले आज शवयात्रा र दाहसंस्कार गर्ने निर्णय गरेको हो । शव यात्राको क्रममा कर्फ्यु खुकुलो पार्ने समेत सहमति भएको छ ।

त्यस्तै हिजो दिनभर तनावग्रस्त बनेको रौतहटको गौर क्षेत्र अहिले शान्त रहेको छ । स्थानिय प्रशासनले गएरातिबाट कफ्र्यु हटाएसंगै गौरमा प्रदर्शन रोकिएको हो । कर्फ्यु हटेपनि बन्द जारी रहँदा यातायातका साधनहरु सन्चालनमा आउन सकेका छैनन् भने सरकारी कार्यालय र बिद्यालय पनि ठप्प रहेका छन् । त्यहाँ दंगाग्रस्त क्षेत्र भने कायमै राखिएको छ ।

उता, धनुषाको जनकपुर आसपास पनि भदौ २४ गतेबाट लगाइएको कर्फ्यु अझै जारी छ । सिरहाको लहान नगरपालिका आसपासका क्षेत्रमा पनि कर्फ्यु जारी छ । यस्तै, सप्तरीमा कर्फ्यु जारी नरहेपनि स्थानिय प्रशासनले दंगाग्रस्त क्षेत्र कायमै राखेको छ ।

त्यस्तै बीरगञ्ज, कैलालीको धनगढी र टीकापुरमा दुई साता लामो कर्फ्यु स्थानिय प्रशासनले अझै हटाएको छैन । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ भने थरुहट संघर्ष समितिले गरेको बन्द साउन २६ गतेदेखि जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ