संविधानसभामा आज पनि मतदान जारी : संविधानका सबै धाराहरु आजै पारित गर्ने सचिवालयको तयारी

संविधानसभामा आज पनि मतदान जारी : संविधानका सबै धाराहरु आजै पारित गर्ने सचिवालयको तयारी

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ, २८ भदौ ।

नयाँ संविधान जारी गर्नका लागि संविधानसभामा आज पनि बिहानदेखि नै मतदान जारी छ ।

बिहान ११ बजे शुरु बैठकमा विभिन्न संशोधन प्रस्तावलाई अस्वीकृत गर्दै संविधानका विभिन्न धाराहरु पारित गरिएका छन् । आइतबार तीनवटा धाराहरु पारित भएका थिए ।

आज राति अबेरसम्म बैठक बसाएर भए पनि संविधानका सबै धाराहरु पारित गर्ने योजना छ । सबै धारा पारित भइसकेपछि यही विधेयक संविधानको रुपमा पारित हुनेछ ।

संविधानसभाका करिब नब्बे प्रतिशत सभासद् प्रकियाको पक्षमा छन् । सभाको अत्यधिक बहुमत अहिले संविधान जारी गर्नुपर्ने पक्षमा देखिएपछि मतदान शुरु भएको हो ।

राप्रपा नेपाल पनि प्रक्रियामा सहभागी भएपछि संविधानसभामा ५४० सभासद् संविधान जारी गर्ने प्रकियाका पक्षमा छन् ।

। सबै धारा पारित गरिसकेपछि संविधानको विधेयकलाई अन्तिम अवस्थामा अनुमोदन गर्नका लागि मात्रै दुईतिहाई बहुमत अनिवार्य हुने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी