संविधान सभामा आज पनि संविधानको विधेयकमाथि मतदान हुदै

संविधान सभामा आज पनि संविधानको विधेयकमाथि मतदान हुदै

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ २८ भदौ । संविधान सभामा आज पनि संविधानको धाराहरुमाथि मतदान प्रक्रिया जारी रहनेछ ।

नयाँ बानेश्वर स्थित संविधान सभा भवनमा बिहान ११ बजेपछि सुरु हुने बैठकमा आज पनि बाँकी रहेका धाराहरु माथि मतदानका लागि निणयार्थ पेश गर्ने कार्यसुची रहेको संविधान सभा सचिवालयले जनाएको छ ।

यसअघि हिजो बसेको संविधान सभा बैठबाट नयाँ संविधानका ३ वटा धारा पारित गरेको छ । हिजो साँझ दोस्रो पटक बसेको बैठकले नयाँ संविधानको धारा १ देखि ३ सम्म सर्व सम्मतिले पारित गरेको थियो ।

विभिन्न दल तथा समुहको विरोधका बाबजुद संविधान निर्माणको कार्य अन्तिम प्रक्रियामा प्रवेश गरेको छ । नेपाली कांग्रेसका पाँच सभासद सहित मधेशवादी दल संविधानको प्रक्रियाबाट बहिरिएका छन् ।

यस्तै एकिकृत नेकपा माओवादी र राप्रपा नेपाल फरक मत सहित प्रत्रियामा सहभागी रहेका छन् । विधेयक माथिको जारी मतदान प्रक्रिया भोली सम्ममा सकाउने संविधान सभाको तयारी रहेको छ ।

संविधानका सवै धारा कम्तिमा २ तिहाई बहुमतले पारित गरिसकेपछि राष्ट्रपति डाक्टर रामबरण यादवले संविधान जारी भएके घोषणा गर्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी