तल्लो मोदीखोलाको निर्माणकार्य ४० प्रतिशत सम्पन्न

तल्लो मोदीखोलाको निर्माणकार्य ४० प्रतिशत सम्पन्न

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ २८ भदौ ।  

पर्वत जिल्लामा निजी क्षेत्रले निर्माण गरिरहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ४० प्रतिशत पूरा भएको छ ।

मनाङ टे«ड लिङ्कले निर्माण गरिरहेको आयोजनाको २०६९ साउनदेखि निर्माण कार्य सुरु भएको थियो । आयोजनाको सुरुङ निर्माण कार्य ५७ प्रतिशतभन्दा बढी सकिएको छ ।

चार किलोमिटर लामो मुख्य सुरुङ मार्गको ५७ प्रतिशतभन्दा बढी काम सकिएको छ । मुख्य सुरुङको चार हजार २४ मिटरमध्ये हालसम्म दुई हजार ३ सय १० मिटर खनिसकिएको छ ।

कमजोर भूभाग भएकाले फेज २ र ३ मा भने सोचेअनुसार काम हुन सकेको छैन । उक्त स्थानमा ठूलो मात्रामा कमेरे माटोको सतह भएकाले सुरुङ निर्माण कार्य ढिलो र खर्चिलो भएको आयोजनाले जनाएको छ ।

आयोजनाले सुरुङ र सिभिल निर्माणका लागि गएको फागुनदेखि ठेकेदारलाई जिम्मा दिएका कारण कामले गति लिएको छ । हालसम्म आयोजनाको ४० प्रतिशत काम सकिएको र दसैँपछि निर्माण कार्यलाई अझै तीव्र बनाउँदै एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रमुख पवनकुमार यादवले बताउनुभयो ।

पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य २०७३ असोज सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

करिब रु तीन अर्ब ५१ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो भने २०६९ साउनदेखि निर्माण कार्य थालेको थियो ।

आयोजनामा ७५ प्रतिशत कर्जा र बाँकी २५ प्रतिशत स्वपुँजी लगानी हुने बताइएको छ । यो विद्युत् आयोजनामा नेपाल सनराइज, ग्रान्ड, सिद्धार्थ, नेपाल क्रेडिट एन्ड कमर्स, कमर्ज एन्ड ट्रस्ट, मेगा र ग्लोबल आइएमइ बैंकले लगानी गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी