नयाँ भाडादर लागू नभएपछि विभागद्धारा अनुगमन सुरु

नयाँ भाडादर लागू नभएपछि विभागद्धारा अनुगमन सुरु

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ, २८ भदौ ।  

सरकारले सार्वजनिक यातायातका साधनमा भाडा घटाएर नयाँ भाडादर कायम गरेपनि यातायात व्यावसायीले लागु नगरेपछि यातायात व्यवस्था विभागले अनुगमन सुरु गरेको छ ।

पेट्रोलियम पदार्थको भाउ घटेपछि विभागले गत भदौ २५ गतेदेखि नयाँ भाडादर लागू गरेको थियो । जसअनुसार उपत्यकामा सार्वजनिक सवारी साधनको भाडा न्यूनतम रु १३ रुपैयाँ कायम गरिएको छ । तर यातायात व्यावसायीहरुले घटेको भाडादर लागु नगरेपछि विभागले अनुगमन सुरु गरेको हो ।

सरकारले घटाएको यो भाडादर वैज्ञानिक पद्धतिको भाडादर भएकाले लागू गराउन अनुगमन सुरु गरिएको विभागका निर्देशक वसन्त अधिकारीले बताउनुभयो ।

सार्वजनिक यातायातमा पटकपटक भाडासम्बन्धी समस्या देखिएपछि सरकारले २०६५ फागुन २० देखि वैज्ञानिक भाडादर लागू गरेको थियो । त्यसअघि सामान्य छलफल र आपसी सहमतिबाट भाडादर निर्धारण गर्ने चलन थियो ।

यसरी भाडादर निर्धारण गर्दा व्यापक असन्तुष्टि भएपछि सरकारले वैज्ञानिक भाडा पद्धतिको अवधारणा अघि सारेको हो ।

भाडादर लागू नगर्नेलाई कारबाहीको दायरमा ल्याउन विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठको संयोजकत्वमा महासङ्घ, उपभोक्तावादी सङ्घ संस्था र ट्राफिक प्रहरीको सहभागितामा केन्द्रीय अनुगमन समिति गठन गरी हिजोबाट काम सुरु गरिएको विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ