संविधानसभामा मतदान सुरु : तिनओटा धारा पारित

संविधानसभामा मतदान सुरु : तिनओटा धारा पारित

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, २७ भदौ ।

नयाँ संविधान जारी गर्नका लागि आइतबार साँझदेखि मतदान शुरु गरेर संविधानसभाको बैठक सोमबार ११ बजेसम्का लागि स्थगित भएको छ ।

साँझ ७ बजेदेखि शुरु संविधानसभाको बैठकमा संविधानको विधेयकका धारा १, २ र ३ लाई नयाँ संविधानको अंग बनाउँदै बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

संविधान विधेयकमा दफावार छलफल सकिएपछि मतदानको प्रकिया शुरु भएको हो । बैठकमा संविधानको धारा १ र २ सर्वसम्मत पारित भएका छन् । यी धारामा कुनै संशोधन दर्ता नभएकाले बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो ।

त्यसैगरी संविधानको धारा ३ लाई पनि संविधानसभाको बैठकले पारित गरेको छ । धारा ३ मा कांग्रेस, एमाले र एमाओवादीले दर्ता गराएको सामूहिक संशोधन प्रस्ताव बैठकले स्वीकृत गरेको हो ।

यही धारामा सभासद्हरु रामकुमार राई, विश्वेन्द्र पासवान र अनुराधा कोइरालाले दर्ता गरेको संशोधन प्रस्ताव भने बैठकको बहुमतले अस्वीकृत गरेको छ ।

यसअघि आइतबार दिउँसो बसेको संविधानसभालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रकियामा जानुबाहेक अर्को विकल्प नरहेको बताएका थिए ।

संविधानसभाका करिब नब्बे प्रतिशत सभासद् प्रकियाको पक्षमा छन् । सभाको अत्यधिक बहुमत अहिले संविधान जारी गर्नुपर्ने पक्षमा देखिएपछि मतदान शुरु भएको हो ।

संविधानसभाको हाल कायम सिट संख्या ५९८ मात्र हो । राप्रपा नेपाल पनि प्रक्रियामा सहभागी भएपछि संविधानसभामा ५४० सभासद् संविधान जारी गर्ने प्रकियाका पक्षमा छन् । प्रकियाको पक्षमा रहेका दलहरूको संख्या १९ पुगेको छ ।

संविधान पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को प्रावधानअनुसार आवश्यक पर्ने दुईतिहाई बहुमत भनेको ३९८ सभासद् हुन् ।

तर संविधानका धाराहरु पारित गर्नका लागि तत्काल कायम (५९८) को दुईतिहाई (करिब चार सय)उपस्थित बैठकको दुईतिहाईले बहुमत भए पुग्ने प्रावधान छ। सबै धारा पारित गरिसकेपछि संविधानको विधेयकलाई अन्तिम अवस्थामा अनुमोदन गर्नका लागि मात्रै दुईतिहाई बहुमत अनिवार्य हुने प्रावधान छ ।

प्रमुख तीन दलमा रहेको सभासद् संख्या ४ सय ७४ नै संविधान निर्माणका लागि पर्याप्त छ। यसमा राप्रपा नेपालका २५ सभासद् मिसिएपछि संविधान जारी गर्ने प्रकियाका पक्षमा अत्यधिक बहुमत भएपछि संविधान जारी गर्ने प्रक्रिया अघि बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी