भारतीय राजदुत रेको सुझावको कैलालीमा विरोध

भारतीय राजदुत रेको सुझावको कैलालीमा विरोध

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ,२७ भदौ ।

शुक्रबार भारतिय राजदुत रन्जित रेले कैलालीका १ देखी ४ नंम्मर निर्बाचन क्षेत्रलाई मिलाएर थरुहट प्रदेश बनाउनु पर्ने सुझाब दिएपछि आन्दोलनरत दुबै पक्षले विरोध गरेका छन ।

आईतबार पत्रकारसँग भेटघाट गर्दै थरुहट तराई पार्टीका केन्द्रिय अध्यक्ष भानुराम थारुले कैलालीको केही भाग छुट्याएर थरुहट प्रदेश बनाउन खोजे आफुलाई मान्य नहुने बताउनु भयो ।

उहाले संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यो सुझावमा सहमती जनाए आफुहरु उहाँबाट अलग्गिएर आन्दोलनमा जाने बताउनु भएको छ ।

यस्तै, अखण्ड सुदुरपश्चिम संघर्ष समितिले भारतिय राजदुत रन्जित रे ले कैलालीका १ देखी ४ नम्बर निर्बाचन क्षेत्रलाई मिलाएर थरुहट प्रदेश बनाउनु पर्ने सुझाब दिएपछि सुदूरपश्चिम टुक्राउन षडयन्त्र भएको भन्दै आन्दोलनको तयारी गरेको हो । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्ष समितिका संयोजक गोपाल देउवाले सुदुरपश्चिमलाई टुक्राउने प्रयास गरिए आन्दोलनको आँधी ल्याउने चेतावनी दिनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी