काठमाण्डौ,२७ भदौ ।
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले थारुहरुको आन्दोलन पहिचान र अधिकारको भएपनि केही दलले नबुझेका कारण जातीय राज्यको संज्ञा दिएको बताउनु भएको छ ।
आज कैलालीको धनगढीमा पत्रकारसँग भेटघाट गर्दै उहाले थारुहरुको लडाई राज्यसँग भएको, तर केही दलले आप्mनो निहित स्वार्थका कारण थारुको आन्दोलनलाई जातीय राज्यको संज्ञा दिएर ओझेलमा पार्न खोजेको आरोप लगाउनु भएको छ ।
थारुहरु संविधान विरोधी होईनन् सह–अध्यक्ष श्रेष्ठले भन्नुभयो – ‘संविधान बन्नु अहिलेको आवश्यकता हो तर, सबैलाई समेटेर साझा संविधान जारी गर्नुपर्छ ।’ उहाले अखण्डको मागलाई संघियताको विरोधको संज्ञा दिनु भएको छ ।
‘तराईमा देखिएको समस्या समाधानका लागि कचनपुरदेखि चितवनसम थरुहट प्रदेश बनाउनु उचित बिकल्प रहेको थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले बताउनु भयो । सरकारले आप्mनो ४ वटा माग सम्बोधन गरे वार्तामा बस्न तयार छौ उहाले भन्नुभयो ।
‘सरकारले दंगाग्रस्त क्षेत्रमा खटाएको नेपाली सेना फिर्ता लिनुपर्ने, झडपमा मृत्यु भएकालाई शहिद घोषणा गर्नुपर्ने, घाईतेको उपचार राज्य पक्षले गर्नुपर्ने र थारु संघर्ष समिति र सरकारविच पहिले भएका ८ बुँदे ओ १३ बुँदे सहमति कार्यान्वय भए आफुहरु बार्तामा बस्न तयार रहेको बताउनु भयो । अध्यक्ष चौधरीले पहिचानमा आधारित थारुहरुलाई प्रदेश नदिए थारुहट प्रदेश छुट्टै प्रदेश पनि बनाउन सक्ने चेतावनी दिनुभएको छ ।