छिटो र गुणस्तरीय विकासका लागि दबाब समूह गठन

छिटो र गुणस्तरीय विकासका लागि दबाब समूह गठन

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

खोटाङ, २७ भदौ ।

जिल्लामा सञ्चालित विकासे योजना तोकिएकै मितिमा सम्पन्न गराउने उद्देश्यले दबाब समूह गठन गरिएको छ । जिल्लामा सञ्चालित विकासे योजनाका ठेकेदार तथा उपभोक्ता समितिले तोकिएको मितिमा योजना सम्पन्न नगरेपछि स्थानीय शान्ति समितिका संयोजकको नेतृत्वमा दबाब समूह गठन गरिएको हो ।

जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ समूहको सदस्य रहेका छन् । समूहले जिल्लास्थित सम्पूर्ण विकास निर्माणका योजना अनुगमन गर्ने र समयमा गुणस्तरीय योजना सम्पन्न गराउन पहल गर्ने जनाएको छ ।

समूहको आइतबार बस्ने पहिलो बैठकबाट कार्ययोजना तयार बनाएर अगाडि कारबाही थालिने समूहका संयोजक तथा स्थानीय शान्ति समितिका संयोजक सूर्यबहादुर राईले जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घ खोटाङले आयोजना गरेको ‘छिटो र गुणस्तरीय विकासमा सरोकारवाला निकायको भूमिका’ विषयक अन्तक्र्रियापछि दबाब समूह गठन गरिएको हो ।

कार्यक्रममा जिल्लामा सञ्चालित योजनाका ठेकेदार तथा उपभोक्ता समितिले तोकिएकै मितिमा आफूहरुले जिम्मा लिएको योजनाका काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लामा निर्माणाधीन सडक, पुल तथा अन्य विकासे योजनाका ठेकेदार तथा उपभोक्ता समितिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

जिल्लामा सञ्चालित योजनाका ठेकेदार तथा उपभोक्ता समितिले आफ्नो जिम्मेवारीप्रति हेलचेक्र्याईं गरेकाले सरोकारवालासँग छलफल गरिएको वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “ठेकेदार र उपभोक्ता समितिको लापरबाहीले सडक तथा पुल निर्माण नहुँदा व्यापार÷व्यवसायमा बाधा पुगेको छ ।” उहाँले भन्नुभयो – “त्यसैले उनीहरुलाई चाँडोभन्दा चाँडो काम सक्न दबाब दिने उद्देश्यले छलफलको आयोजना गरिएको हो ।” रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी