काठमाडौ २७ भदौ । रुपन्देहीमा भएको सवारी दुर्घटनामा एक बालिका सहित ३ जनाको मृत्यु भएको छ ।
भारत तर्फ जादै गरेको मालबहाक ट्रकले भैरहवा तर्फ आउदै गरेको लु १० प ३२ २३ नम्बरको मोटर साइकललाई हिजो साँझ सिदार्थ राजमार्ग अन्तरगत डण्डा पूलमा ठक्कर दिदा मोटर साइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलमा फेला परेको मृतकको परिचय पत्रका आधारमा मृत्यु हुनेमा पाल्पा सोमारीका ३० वर्षीय गिरबहादुर देउजा, अर्घाखाँची किमडाँडा १ की ३२ वर्षीय मधुराणा र करिब ६ वर्षीय एक बालिका रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।
उनीहरु सिमावर्ती भारतको सुनौल बजारबाट तीजका लागि आवश्यक सामन किनमेल गरेर फर्केका थिए । ठक्कर दिएपछि ट्रकका चालक फरार रहेको छ भने ट्रकलाई भण्सार तथा राजस्व सुरक्षा गुल्मले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline