कालीकोटको मेहेलमुडिमा बम विस्पोट, दुइ जनाको ज्यान गयो

कालीकोटको मेहेलमुडिमा बम विस्पोट, दुइ जनाको ज्यान गयो

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, २७ भदौ ।

कालीकोटमा बम विस्पोटमा परि दुई जनाको ज्यान गएको छ ।

मेहेलमुडि २ उजेलगाउँमा सनिबार दिउसो जंगलमा भेटिएको वेवारिसे बम लिएर खेलाउने क्रममा २ जना वालकको ज्यान गएको त्यहाका स्थानीयले बताएका छन ।

मृत्यु हुनेहरुमा स्थानीय पदम नाथका छोरा कक्षा ९ मा अध्यनरत १४ बर्षिय सनत नाथयोगी र हरिनाथका १३ बर्षिय छोरा माने नाथ योगी रहेका छन । समाचार श्रोतका अनुसार दुवै जना श्री पन्चदेवल उच्च माध्यमिक बिद्यालयमा अध्यनरत रहेको बताइएको छ ।

यो घटनाबारे जनकारी लिदा जिल्ला प्रहरी कार्यालय कालीकोट, जिल्ला प्रसाशन कार्यालय कालीकोट र इलाका प्रहरी कार्यालय मुम्राले भने आफुलाई कुनै जानकारी नभएको बताएको छ । यो जानकारी पछि मुम्राबाट प्रहरी परिचालन गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले बताए  ।

कालीकोट सदरमुकाम मान्म देखि  ४ घण्टाको पैदलदुरिमा रहेको मेहेलमुडीमा आज टेलीफोन सेवा समेत अबरुद्ध भएकाले जानकारी लिन असहज भएको इलाका प्रहरी कार्यालय मुम्राले जनाएको छ । गाउलेको सहयोगमा मृतकको सनिबार बेलुकानै दाहासस्कार गरिएको स्थानीयले जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ