आज बुबाको मुख हर्ने दिन

आज बुबाको मुख हर्ने दिन

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौ २७ भदौ ।
आज भाद्र कृष्ण औंशी अर्थात कुशे औंशी । पितृ तथा गोकर्ण औंसीबाट प्रसिद्ध यस दिनलाई बाबुको मूख हेर्ने दिनका रुपमा पनि मनाइछ ।

आजका दिन छोराछोरीले बाबुलाई मन पर्ने फलफूल, मिठाइ तथा भोजन गराई सम्मान गर्ने गरिन्छ । बाबु नहुनेले विभिन्न तीर्थ स्थलमा गई तर्पण तथा श्राद्ध गर्ने चलन छ ।

यसैबीच राजधानीको गोकर्ण स्थित गोकर्णेश्वर महादेवमा दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको बिहानैबाट घुँइचो लागेको छ ।

यस्तै आज देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याउँदै कुशे औसी मनाइँदै छ । हिन्दुधर्मावलम्बीले हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ ।

यस दिन काटिएको कुशलाई घरमै राख्ने र जजमानकोमा लगिदिने प्रचलन रहेको छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ