आर्यन र प्रियङ्का सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री

आर्यन र प्रियङ्का सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौँ, २६ भदौ । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’मा आर्यन सिग्देल सर्वोत्कृष्ट अभिनेता तथा प्रियङ्का कार्की सर्वोत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।  ।

त्यस्तै, सर्वोत्कृष्ट चलचित्रको पुरस्कार ‘कबड्डी’ले जित्दा त्यसका निर्देशक रामबाबु गुरुङ सर्वोत्कृष्ट निर्देशक भए ।सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, भारतीय गायिका सञ्जीवनीलगायतले आज  आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गरे ।

नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)को आयोजनामा भएको कार्यक्रममा सर्वोत्कृष्ट सहअभिनेताको पुरस्कार अनुपविक्रम शाही र सहअभिनेत्रीको छुल्ठिम डोल्मा गुरुङले हात पार्नुभयो भने नव अभिनेता पुरस्कार सञ्जोग कोइराला र नव अभिनेत्री पुरस्कार आश्मा डिसीले प्राप्त गरे ।  ।

त्यस्तै, सर्वोत्कृष्ट लेखनमा छेतेन गुरुङ, छायाँकारमा शैलेन्द्रध्वज कार्की, सम्पादकमा सुरेन्द्र पौडेल, द्वन्द्व निर्देशकमा राजकुमार उप्रेती, सङ्गीतकारमा ताराप्रकाश लिम्बु, पाश्र्वगायनमा युवराज चौलागाईँ, नृत्य निर्देशकमा कविराज गहतराज र पाश्र्व सङ्गीतमा रामजी लामिछाने सर्वोत्कृष्ट छानिए ।

त्यसैगरी, सर्वोत्कृष्ट ध्वनि पुनःमुद्रणमा उत्तम न्यौपाने, सर्वोत्कृष्ट व्यावसायिक चलचित्रमा कोहिनूर, चलचित्र पत्रकारितामा विजयरत्न तुलाधरले सर्वोत्कृष्ट पुरस्कार जित्दा जुरी राष्ट्रिय चलचित्र पुरस्कारबाट सुदीपभुपाल सिंहलाई सम्मानित गरियो ।

प्रत्येक सर्वोत्कृष्टलाई ‘अवार्ड’सँगै जनही रु ५१ हजार नगद पुरस्कारबाट सम्मानित गरियो ।

चलचित्रका हरेक विधाका पुरस्कारका नाम नेपाली चलचित्र क्षेत्रका लामो समयसम्म योगदान पुर्याएका फरक फरक व्यक्तित्वको नामबाट राखिएको थियो ।

पुरस्कार वितरण गर्दै सूचना तथा सञ्चारमन्त्री डा रिजालले अन्तिम सूचीमा छानिएर पनि ‘अवार्ड’ नजितेका कलाकारलाई हौसला दिँदै भने, “सवै कलाकार १९÷२० हुनुहुन्छ, कस्ले पायो, पाएन गौण कुरा हो, मुख्य कुरा समग्र चलचित्र क्षेत्र नै पुरस्कृत भएको छ ।”

कार्यक्रममा भारतीय गायिका सञ्जीवनीले नेपाली गीत गाएर स्रोता दर्शकको मन जित्दा विभिन्न नेपाली कलाकारले पनि बेजोड प्रस्तुति दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी