सहमती कार्यान्वयन भए २ दिनमै आन्दोलन रोक्छौ : थारु नेता

सहमती कार्यान्वयन भए २ दिनमै आन्दोलन रोक्छौ : थारु नेता

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

टीकापुर, २६ भदौं । पहिला सरकारसाग भएका ८ बुादे र १३ बुादे सहमति कार्वान्वयन भएपछि आन्दोलन दुई दिन भित्र रोक्ने थरुहट/थारुवान पक्षधरका नेताहरुले बताएका छन ।
थरुहट/थारुवान संघर्ष समिति क्षेत्र नं ३ को आयोजनामा शनिबार हसुलियामा भएको विरोध सभाका नेताहरुले यस्तो बताएका हुन् ।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तराईमा देखिएको समस्या समाधानका लागि कचनपुरदेखि चितवनसम थरुहट प्रदेश बनाउनु उचित बिकल्प रहेको बताएका छन् । विरोध सभामा उनले संबिधान निर्माणको प्रक्रिया दुइ दिनका लागि रोक्नाले जारी आन्दोलन कमजोर बनाउन सरकारको खेल रहेको आरोप लगाएका छन् ।
थरुहट तराई पार्टी नेपालके केन्द्रीय अध्यक्ष भानुराम थारुले संघर्ष समिति र सरकारविच पहिले भएका ८ बुादे ओ १३ बुादे सहमति पालना भएपछि दुई दिनभित्र आन्दोलन रोक्ने बताए ।
सरकारले अहिले थारुहरुको अधिकारका लागि संघीय आयोग गठन गर्ने भन्नु बच्चालाई लालीपप देखाएर फकाउने जस्तो योजना भएको आरोप लगाए ।
केन्द्रीय अध्यक्ष थारुले अहिलेसम्म थारु/पहाडी विचको सदभाव नबिग्रेको तर बिग्रान खोजीएको बताए । टीकापुरको घटना हुनु दुख:द रहेको बताउादै घटनापछि थारु समुदायका घरमा आगजनी गर्नु, थारु कल्याणकारिणी सभाको घरमा आगजनी गरि सामाजिक सदभाव विग्रार्न खोर्जिको हो । सामाजिक सदभाव कायम गर्न थारु समुदायमा भईरहेको धरपकड बन्द गर्न आग्रह गरे ।
थरुहट तराई पार्टी नेपालके केन्द्रीय कोषाध्यक्ष खडक थारु अधिकारका लागि भएको आन्दोलनमा टीकापुरको घटनापाछि थारु समुदायलाई आातकबादी भनेर संज्ञा दिनु उचित नरहेको बताए । उनले घटनामा संलग्न रहेका व्यक्तिलाई प्रहरी उचित छानबिन गर्नुपर्ने तर सबै थारु समुदायलाई आतकबादीको संज्ञा दिनु उचीत नरहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ