पाचौ बर्षमा प्रबेष गरेको परिबर्तनले पाच जना स्रष्टालाई गर्यो सम्मान

पाचौ बर्षमा प्रबेष गरेको परिबर्तनले पाच जना स्रष्टालाई गर्यो सम्मान

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौ २६, भदौ । 
परिवर्तन सरगम साहित्य प्रतिष्ठान पााचौ बर्षमा प्रबेश गरेको छ । पााचौ बार्षिकोवत्सब सोमारोहमा सो संस्थाले नेपाली साहित्यको विभिन्न क्षेत्रमा योगदान पुर्याउने पााच जना सर्जकलाई सम्मान गरेको छ ।
सनिबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा आख्यन विद्याबाट वरिष्ठ साहित्यकार मोहन राज शर्मा, गीत गजल विद्याबाट डा कृष्णहरी बराल, गायन विद्याबाट चर्चित गायक आनन्द कार्की, गायन विद्याबाट गायीका निशा देसार र सर्बत्कृष्ठ कम्पनि संचालक विद्याबाट विन्धबासीनी म्यूजीकका संचालक सुवास रेग्मीलाई सम्मान गरेको छ ।


काभ्रेको कोशीपारीमा स्थापना भएको परिवर्तन सरगमले प्रकाशित गर्दैै आएको साहित्यीक पत्रिका समर्पणको पनि विमोचन गरिएको थियो । सो संस्थाले अहिले देशका विभिन्न जिल्ला तथा विदेशमा पनि आफ्ना साखा खोलिसकेको छ ।
बरिष्ठ साहित्यकार मदनमणी दिक्षीतको प्रमुख आथीत्यमा सम्पन्न उत्त कायक्रममा विभिन्न क्षेत्रका ब्यत्तित्वहरुको सहभागीता थियो ।


कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार दिक्षीतले प्रज्ञा प्रतिष्ठानमा राखीएका विज्ञापनहरु प्रति असनतुष्टी प्रकट गरे । नेपालको एउटा प्रतिष्ठीत संस्था प्रतिष्ठानलाई विज्ञापनको केन्द्र बनाउन नहुने प्रति अंकित गर्दै ति विज्ञापनहरु नहटाए सम्म आफु प्रज्ञा प्रतिष्ठानमा पाईला नटेक्ने घोषणा समेत गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा चलिरहेको समयमा प्रााणगढ भरि रक्सीको विज्ञापन देखे पछि उनले यसको विरोध गरेका हुन ।
त्यस्तै सम्मानकै क्रममा सम्मानीत श्रष्ठा मोहन राज शर्माले नेपाली साहित्यमा आएको बाढीलाई परिवर्तन सरगमले अझ संगाल्दै लगेकको र नेपाली साहित्यलाई यूवाले नै धानीरहेको बताए ।


बरिष्ठ सम्मानीत साहित्यकार डा कृष्णहरी बरालले परिवर्तन सरगमले विगत पााच बर्ष देखीको निरन्तर साहित्य यात्रालाई धानीरहेको देख्दा आफु खुसीरहेको बताउदै सो संस्थालाई सुभकामना समेत दिए ।
गीत संगीतको बजारको पछिल्लो अबस्थालाई कठिनाई रुपमा धानीरहेको बेलामा यसरी श्रष्ठाहरको जमात देख्दा खुसी ब्यत्ति गरे । साथै आफ्नो गायन प्रस्तुत गर्दै सम्मानीत गायक आनन्द कार्कीले आफ्नो गायनको सम्मान गरेकोमा खुसी ब्यत्ति गरे ।


सस्थाका अध्यक्ष कमल सरगमको सभापतित्वमा सम्पन्न कायक्रममा दुईसय भन्दा बढी सर्जकहरुको बाक्लो उपस्थिती थियो । सो कार्यक्रमलाई समापन गर्दै परिवर्तन सरगम साहित्य प्रतिष्ठानका अध्यक्ष कमल सरगमले संस्थालाई अगाढी बढाउनको लागी पत्रकार तथा अग्रजको साथले नै यो स्थान सम्म पुगेको बताउदै अझ आगामी बर्षहरुमा यो भन्दा उत्कुष्ठ कार्यक्रमहरु लिएर आउने प्रतिबद्धता ब्यत्त गरे ।
परिवर्तन सरगमले नियमीत मासिक रुपमा रचना बाचन गर्दै आईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी