बामपन्थी एकता मञ्च नेपालको बिस्तारित भेला बिर्तामोडमा

बामपन्थी एकता मञ्च नेपालको बिस्तारित भेला बिर्तामोडमा

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

बिर्तामोड भदौ २६। बामपन्थी एकता मञ्च नेपालको बिस्तारित भेला बिर्तामोडमा शनिबार सम्पन्न भएको छ । बामपन्थी एकता मञ्च नेपालका अध्यक्ष यज्ञराज प्रसाईको अध्यक्षतामा सम्पन्न भेलाले आगामी कार्यक्रमका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
पशिक्षण भेलामा बामपन्थी एकता मञ्च नेपालको संगठन ब्यापकरुपमा बिस्तार गर्ने, सबै बामपन्थी, राष्ट्रबादी शक्तिसँग छलफल गरी राष्ट्रिय समस्यामा एकताबद्ध हुने, अन्यत्र छरिएर रहेका बामपन्थीहरुसँग एकता र ध्रुबिकरण गर्न निरन्तर छलफल गर्ने, जातीय, सद्भाव कायम राख्न सबैमा आग्रह गर्ने लगायतका बिषयमा छलफल भएको थियो । भेलामा एमाओबादी छाड्नुका कारणहरुका बिषयमा समेत आ–आफ्ना धारणा राखिएको थिए । सूर्य उप्रेतीको सञ्चालनमा भएको कार्यक्रममा भोजराज दाहाल, देशु सुब्बा, नरेन्द्र अधिकारी, कृष्ण बिमली लगायतले बोलेको कार्यक्रममा दुईसय जना कार्यकर्ता उपस्थित रहेको मञ्चका जगनाथ भट्टराईले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ