काठमाडौं, २६ भदौ ।
सुनसरीको इटहरी क्षेत्रमा स्थानीय प्रशासनले आज ३ घण्टा ’दंगाग्रस्त क्षेत्र’ हटाएको छ ।
आज दिउँसो २ बजेदेखि अपरान्ह ५ बजेसम्मका लागि ’दंगाग्रस्त क्षेत्र’ हटाएका स्थानीय प्रशासनले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको कोशी व्यारेजदेखि पूर्व इटहरीको बुढीखोलासम्म, कोशी राजमार्ग्स्थित दुहबीको बुढीखोलादेखि इटहरीसम्म प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीको किनमेल र जनजीवन सहज बनाउनका लागि स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र ३ घण्टाका लागि हटाएको बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline