काठमाडौ २६ भदौ ।
नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने थप एक जना घाइते भएका छन् ।
गएराति गैडाकोट ११ मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र थप एक जनाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गैडाकोट १४ सल्लाघारीका कमल थापा र अमरापुरीका २८ वर्षीय राजीव मल्ल रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका रतनपुर ६ का २२ वर्षीय टंकबहादुर सारुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लाको गैडाकोट स्थित भेडाबारीमा बिग्रेर रोकिराखेको ना ४ ख ७३ २५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प २९ ६० नम्बरको मोटरसाइकल ठोक्किदा उक्त दुर्घटना भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline