काठमाडौ २६ भदौ ।
आज बिहान बारामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले तीन वटा ट्रकमा आगजनी गरेका छन् ।
जिल्लाको मनोहरवा गाविस स्थित रिलायन्स् सुगर एण्ड केमिकल इन्डष्ट्रिजबाट चिनी लिएर काठमाडौंका लागि छुटेको ना ५ ख २९ ९५, ना ५ ख ८७ ६१ र ना ४ ख २९ २७ नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् ।
आगजनीबाट तीन वटै ट्रक पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । उद्योगभन्दा ५ सय मिटर पर कलैया पिलुवा सडकखण्डमा मोर्चाका कार्यकर्ताले ट्रकमा आगजनी गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline