भदौ २५ वनेपा ।
वनेपामा काभ्रे स्वीट्स एण्ड मिठाई भण्डार चलाएर बसेका विनोद गुप्ताले रातारात पैसा कमाउन यौन धन्दा चलाईरहेको पत्ता लगाए पछि प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
शुक्रबार उनी सहित एक जोडी लाई प्रहरीले नियन्त्रणमा लिएको हो । गुप्तालाई सार्वजनिक मुद्धा चलाउने प्रहरीले तयारी गरेको छ ।
गुप्ताले विभिन्न दलाल मार्फत आफूले सञ्चालन गरेको लजमा दिउसो देखि राति सम्मै यौन क्रियाकलाप चलाउने गरेका थिए ।
दिनभर समेत एक घण्टा देखि २ घण्टाका लागि समेत कोठा बुकिङ गर्दै आउने जोडीले अनैतिक क्रियाकलाप गर्ने गरेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline