यसरी मनाईयो पञ्चदान पर्व (फोटो सहित)

यसरी मनाईयो पञ्चदान पर्व (फोटो सहित)

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ, २५ भदौ ।

काठमाडौँका बौद्घ धर्मावलम्बीहरुले शुक्रवार दान प्रदान गरी ‘पञ्चदान’ पर्व मनाए ।

काठमाडौँका बौद्धहरुले घर चोखो गरी तयार पारेको खिर भोजनसहित चामल, काँचो केराउ, मासको दाल, चिनी, नुन, पैसा आदि शाक्य र बज्राचार्य कुलका कुलपुत्रहरु दान गर्ने परम्परा छ । यी समुदायका कुलपुत्रहरु  कम्तीमा सात घरमा भिक्षाटनमा जानुपर्छ ।

शुक्रवार दिनभर काठमाडौँका टोल टोल र चोक चोक दान दिइरहेको देखिन्थ्यो ।

सामूहिक पञ्चदान मूल समारोह समितिका सचिव मञ्जुश्रीरत्न बज्राचार्यका अनुसार पञ्चदानको परम्परा दिङ्पकर बुद्धको पालादेखि चलिआएको विश्वास गरिन्छ ।

समितिको तत्वावधानमा आज भगवान् बहालस्थित थँबही ९विक्रमशील महाविहार० बाट सामूहिक रुपमा पञ्चदान ग्रहण गर्ने कार्यक्रम सुरु गरिएको छ । सहभागीहरु काठमाडौँका विभिन्न ४५ वटा विहार, बहाल तथा बहीहरु घुमेर लगनटोलस्थित लगंबहालमा पञ्चदान ग्रहण सम्पन्न गरिँदैछ ।

पञ्चदानबाट प्राप्त सङ्कलित रकम लुिम्बनीमा निर्माणाधीन बज्रयान बौद्ध विहार निर्माणका लागि हस्तान्तरण गरिने सचिव बज्राचार्यले जानकारी दिनुभएको छ । सामूहिक पञ्चदानको यो कार्यक्रम सात वर्षदेखि सञ्चालन हुँदैआएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी