च्याउ खाएर एकै परिवारका चार सिकिस्त

 च्याउ खाएर एकै परिवारका चार सिकिस्त

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

इलाम, २५ भदौ । जङ्गली च्याउ खाँदा आज बिहान इलाम शान्तिडाँडाका एकै परिवारका चारजना बिरामी परेका छन् ।

बिहान खानासँगै च्याउ खाएका शान्तिडाँडा– ६ का बाबु ५० वर्षीय काजीमान राई, ५२ वर्षीया उनकै श्रीमती फूलमाया, छोरा १८ वर्षीय सन्दीप र १३ वर्षीया छोरी सञ्जिता बिरामी परेका हुन् ।

खानासँगै च्याउ खानेबित्तिकै बिरामी परेका उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

जङ्गलबाट गोब्रे च्याउ खाएर बिरामी परेको स्थानीय हर्कबहादुर राईले बताउनुभयो । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल ल्याए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि झापातर्फ लगिएको छ । च्याउ खाएका सबै बेहोस अवस्थामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ