धरान २५ भदौ ।
आन्दोलनको क्रममा हिंसात्मक गतिबिधी सुरु हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीको बिभिन्न स्थानमा निषेधज्ञा र दंगाग्रस्त क्षेत्र घोषीत गरी आज बिहानैबाट नेपाली शेना परिचालन गरीएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको रोहबरमा बिहीबार राती बसेको शुरक्षा समितिको बैठकले सदरमुकाम इनरुवा क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी आज बिहानबाट नेपाली शेना परिचालन गरीएको छ ।
हाल दंगाग्रस्त क्षेत्रमा नेपाली शेनाले हेलिकप्टर मार्फत हवाइ गस्ति समेत सुरु गरेको छ ।
आन्दोलनको नाममा हिंसात्मक गतिविधी सुरु हुन थालेपछि शुक्रबार राती शुरक्षा समितिको बैठकले इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरी नेपाली शेना परिचालन गरीने निर्णय अनुसार आज बिहान ७ बजेबाट नेपाली शेना परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयराज शर्माले बताउनुभयो ।
सदरमुकाम इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरे लगत्तै प्रशासनले सुनसरीको कोशी ब्यारेज देखी इटहरी सम्म निषेधज्ञा जारी गरेको छ प्रत्येक राती साढे नौ बजेदेखी बिहान ७ बजे सम्म सो क्षेत्रमा निषेधज्ञा जारी गरीएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
यता दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि इनरुवा शान्त बनेको छ भने सुनसरीकै लौकहीमा भने आज बिहानैबाट मधेशी मोर्चाका कार्यकर्ताहरुले घरेलु हतियार सहित प्रदर्शन जारी राखेको र सो क्षेत्रमा शुरक्षा ब्यवस्था कडा पारीएको सुनसरीको प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताउनु भयो ।