अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालयको दर्ता खारेज प्रक्रिया सुरु

अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालयको दर्ता खारेज प्रक्रिया सुरु

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भक्तपुर, २५ भदौ ।

जिल्ला शिक्षा कार्यालय भक्तपुरले कार्यालयले सूचना जारी गर्दै अनुमति नलिइ सञ्चालनमा रहेका १५ विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।

अनुगमनका क्रममा अनुमति बिना सञ्चालन भइरहेको, नियमानुसार पूर्वाधार नभएको, तोकिएको मात्रामा विद्यार्थी सङ्ख्या अपुग भएको विद्यालय खारेज गर्ने प्रक्रिया सुरु गरेको हो ।

खारेजीका लागि प्रक्रिया सुरु गरेको विद्यालयमा चाँगुको चाँगुनारायण ई स्कुल, दुवाकोट सरस्वतीखेलस्थित मातृभूमि शिक्षा सदन, बागेश्वरीको बागेश्वरी इस्ट प्वाइन्ट ई। स्कुल, कटुञ्जेको सिम्फोनी एकेडेमी, बालकोटको सिद्धार्थ निकेतन, मध्यपुर थिमि नगरपालिका–१५, गट्ठाघरको पूजा ई। स्कुल र मथिनपा–१७ को विराट ई। स्कुल रहेका छन् ।

त्यसैगरी गणेश ई स्कुल, मथिनपा–२ बोडे, चक्रवर्ती हवी एजुकेसन फाउन्डेसन, मथिनपा–३, ग्रेसलैन्ड पब्लिक स्कुल भक्तपुर नगरपालिका–१५ इटाछें, जुन ई स्कुल भनपा–१० व्यासी, सिद्धिदास मावि भनपा–१४ गपली, लक्ष्मी विद्यामन्दिर भनपा १०–व्यासी, विनायक विद्याश्रम भनपा–१ कमलविनायक र सहिद स्मृतिमा वी भनपा–११ भेलुखेलको दर्ता खारेजी प्रक्रिया सुरु गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।

जिशिअ शर्माले कुनै प्रकारले नियमानुसार सञ्चालन भइरहेको र खारेज गर्नु नपर्ने कारण भए १५ दिनभित्र प्रमाणसहित कार्यालयमा उपस्थित भई लिखित जवाफ दिन अनुरोध गरिएको अन्यथा नियमानुसार ती विद्यालयको दर्ता खारेज हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी