कारको ठक्करबाट ड्युटिमा खटिएका प्रहरी जवानको मृत्यु

कारको ठक्करबाट ड्युटिमा खटिएका प्रहरी जवानको मृत्यु

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २५ भदौ ।

दाङको लमहीमा कारको ठक्करबाट ड्युटिमा खटिएका एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का जवान गम्भिर घाईते भएका छन् । गए राति  अस्थायी प्रहरी पोष्ट नर्तिबाट डियुटीमा खटिएका प्रहरी जवान द्वयलाई बा १० च ५२३१ नम्बरको कारले ठक्कर दिएको थियो ।

ठक्करबाट प्रहरी जवान जितराम चौधरीको घटनास्थलमै मृत्यु भएको र दाङ राजपुरका प्रहरी जवान चन्द्र भण्डारी गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाईते भण्डारीको कोहलपुर मेडिकल कलेज उपचार भइरहेको छ ।

दरुवा ईलाका प्रहरी कार्यालय लुहाम सल्यान दरबन्दी भई थप मद्दतका लागि दाङको लमहीमा ड्युटिमा खटिएका थिए । ठक्कर दिने कारसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ