काठमाडौ भदौ २५ ।
नेपाल पत्रकार महासंघले अब बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रको माग गर्दै दवाव दिन आज खबरदारी सभाको आयोजन गरिएको छ ।
राजधानीको बबरमहलमा बिहान ११ बजेपछि हुने खबरदारी सभामा नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रमुख दलको ध्यानाकर्षन गराइने महासंघले जनाएको छ ।
संविधानको मस्यौदामा प्रेसलाई संकुचित गर्ने खालको प्रावधान राखिएको र त्यसलाई संशोधन विध्येकमा पनि सच्याउन दलहरुले माग नगरेको भन्दै महासंघले विरोध जनाएको छ ।
पूर्ण प्रेस स्वतन्त्रताका लागि दलहरुलाई दवाव दिन भन्दै महासंघले सामाजिक सन्जाल मार्फत अभियान समेत सन्चालन गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline